महालक्ष्मी नगरपालिका ललितपुरको नेतृत्व, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) को सहयोग र स्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा यस नगर क्षेत्रभित्रका कोरोना संक्रमितहरुको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुको २०७७|०५|२३ गते वडा नं २, इमाडोलमा PCR test कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा यस नगर क्षेत्रभित्रका सक्रिय संक्रमितहरुको क्लोज कन्ट्याक्टमा रहेका र incubation period पुरा भएका ३११ जना क्लोज कन्ट्याक्टहरुको थ्रोट स्वाब नमुना संकलन भएको हो । उक्त संकलित ३११ थ्रोट स्वाब नमुनाहरु रीयल टाईम पि. सि. आर. परीक्षण पद्धतिद्वारा परीक्षण गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, काठ्माडौं पठाइएको छ ।
यस कार्यक्रमले संक्रमितको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुलाई परीक्षणको दायरमा ल्याई समुदायस्तरमा संक्रमण फैलन नदिने विश्वास नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले व्यक्त गर्नुभएको छ । साथै, उहाँले कोरोना संक्रमण नियन्त्रणमा PCR परीक्षणको ठूलो भूमिका रहने हुँदा आगामी दिनमा पनि यस नगर क्षेत्रभित्र PCR test गरिने जानकारी दिनुभएको छ ।