२०७८ वैशाख १० गते तानसेन नगरपालिका, पाल्पाका वडा नं १०का वडा अध्यक्षज्यूको नेतृत्वमा आएको टोलिसँग यस महालक्ष्मी नगरपालिका ललितपुरले तयार गरी लागु गरेको स्थानीय पाठ्यक्रम निर्माणका अनुभव एवम् यसको प्रभावकारीताका विषयमा छलफल कार्यक्रम सम्पन्न भयो । छलफलका क्रममा यस नगरपालिकाको स्थानीय पाठ्यक्रम, पाठ्यपुस्तक, Practical Manual Guide Book निर्माणको अनुभव, भोगाई, सिकाई एवम् उपलब्धीका बारेमा नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले सविस्तार जानकारी गराउनु भयो । छलफल कार्यक्रममा तानसेन नगरपालिकाबाट आउनु भएका प्रतिनिधि मण्डलका सदस्यहरूले यस महालक्ष्मी नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम उत्कृष्ट लागेको र यो पाठ्यक्रम निर्माणको क्रममा महालक्ष्मी नगरपालिकाले गरेको तयारी, विज्ञहरुको सहभागिता, यसमा समेटिएका विषयवस्तु, यसमा नगरपालिकाका जनप्रतिनिधिज्यूहरूबाट देखाउनु भएको गम्भिरता एउटा असल अभ्यासको रुपमा आफुहरुलाई अनुभुति भएको बताउनु भयो । छलफल कार्यक्रममा तानसेन नगरपालिकाका वडा नं १० का वडा अध्यक्ष, शिक्षा शाखा प्रमुखसहित शिक्षा क्षेत्रका विज्ञ सदस्यहरूको उपस्थिति रहेको थियो । त्यसै गरी उक्त कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा नं ४ र २ का वडा अध्यक्षहरू र शिक्षा समन्वयकर्ता लगायतको सहभागिता रहेको थियो ।
स्थानीय पाठ्यक्रम निर्माणका अनुभव एवम् यसको प्रभावकारीताका विषयमा छलफल कार्यक्रम
प्रथम महालक्ष्मी मेयर कप तथा राष्ट्रिय जुनियार (आई.टि.एफ) तेक्वान्दो प्रतियोगिता २०२१ सम्पन्न
मिति २०७८ बैशाख ४ गते महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा महालक्ष्मी नगरपालिका ललितपुरको आयोजना र चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमीको व्यवस्थापनमा “प्रथम महालक्ष्मी मेयर कप तथा राष्ट्रिय जुनियार (आई.टि.एफ) तेक्वान्दो प्रतियोगिता २०२१” समपन्न भयो । प्रतियोगितामा विभिन्न प्रदेश बाट ३०० भन्दा बढी खेलाडी कोच, अफिसियलहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सभापतित्व चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो का अध्यक्ष बिकास के.सी.ले गर्नु भएको थियो भने महालक्ष्मी नगरपालिकाका नगर उप-प्रमुख श्री निर्मला थापाज्यूको विशेष आतिथ्यता, महालक्ष्मी नगरपालिकाका प्रशासकीय प्रमुख श्री पुरुषोत्तम सापकोटा, युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख श्री चिरञ्जीवी पौडेल, वडा नं ७ का वडा अध्यक्ष श्री नकुल थापा, वडा नं १ का वडा अध्यक्ष श्री नन्द कुमार न्यौपाने, वडा नं २ का अध्यक्ष श्री रामबहादुर के.सी , वडा नं ४ का अध्यक्ष श्री लक्ष्मण रोक्का सहित नगर कार्यपालिका सदस्य र वडा सदस्यहरू, विभिन्न संघ संस्थाका पदाधिकारीहरू, समाजसेवीहरू लगायतका अतिथिहरुको उपस्थिति थिए भने कार्यक्रम सञ्चालन दिप श्रेष्ठले गरेका थिए । यस कार्यक्रमको उद्घाटन महालक्ष्मी नगरपालिका नगरप्रमुख श्री रामेश्वर श्रेष्ठज्यू बाट गर्नुका साथै नगरप्रमुखज्यू र वडा नं ७ का वडा अध्यक्षले उपस्थित सबैमा स्वागत मन्तव्य राख्नु भएको थियो । प्रतियोगिता सञ्चालनको विश्राम समयमा प्रतिभाशाली बालबालिकाहरूबाट नृत्य प्रदर्शन पनि भएको थियो ।
प्रतियोगितामा महिला तर्फको विभन्न विधाका विजेताहरू यस प्रकार रहेः
१५-२० के.जी विधामा - सुरक्षा लामा प्रथम, सजनी खड्का दोस्रो र महिमा बस्नेत तेस्रो
२०-२५ के.जी विधामा - सुप्रिना लामा प्रथम, रिया श्रेष्ठ दोस्रो र अनामिका लिम्बु र दिक्षा तिवारी तेस्रो
२५-३० के.जी विधामा - जेजिना थापा प्रथम, प्रकृती मगर दोस्रो
३०-३५ के.जी विधामा - राधिका कार्की प्रथम, सुजिना तामाङ्ग र सिद्धिका कुँवर दोस्रो र स्वीकृती गिरी तेस्रो
३५-४० के.जी विधामा - अन्सिष कार्की प्रथम, रोलिना तामाङ्ग दोस्रो र एन्जल श्रेष्ठ र अरुणा निरौला तेस्रो
४०-४५ के.जी विधामा - मनिषा तामाङ्ग प्रथम, सिमा थापा दोस्रो र शर्मिला पौडेल तेस्रो
४५-५० के.जी विधामा - करुणा गौतम प्रथम, आयुषना घिमिरे दोस्रो, आस्था के.सी र एलिजा राउत तेस्रो
त्यस्तै पुरुष तर्फका विभिन्न विधाका विजेताहरू यस प्रकार रहेः
१५-२० मा - सुजन पुन मगर प्रथम, आरुष कार्की दोस्रो, सहिल रसाईली र बिनित मगर तेस्रो
२०-२५ मा - रिजन भारती प्रथम, सदिक राज थापा दोस्रो, पासाङ्ग तामाङ्ग र युगल मल्ल तेस्रो
२५-३० मा - प्रसन्न बि.क. प्रथम, मन्जिल मग्राती दोस्रो, निस्चल मल्ल र राजेश तामङ्ग तेस्रो
३०-३५ मा - दिपजल ठकुरी प्रथम, निरन तामाङ्ग दोस्रो, सुरज चालिसे र प्रबिन तामाङ्ग तेस्रो
३५-४० मा - अनुश राई प्रथम, राम चन्द्र बोलाखे दोस्रो, प्रबिन के.सी र आयुश बिष्ट तेस्रो
४०-४५ मा - मिलन लामा प्रथम, बिसुब जङ्ग कुँवर दोस्रो, निस्चल तामाङ्ग र बिबेक अधिकारी तेस्रो
४५-५० मा - समीर थापा प्रथम, निमा घिसिङ्ग दोस्रो, क्षितिज तामाङ्ग र अर्पण कार्की तेस्रो
विभिन्न विधाका विजेताहरूलाई वडा नं १, २, ४ र ७ का वडा अध्यक्षहरूसहित अन्य अतिथिहरूले पुरस्कृत गर्नु भएको थियो । प्रतियोगितामा महिला उत्कृष्ट खेलाडी मनिशा तामाङ्ग र पुरुष उत्कृष्ट खेलाडी समीर थापा भएका थिए भने, टिम च्याम्पियनको उपाधी बागमती प्रदेशले हासिल गर्यो भने गण्डकी प्रदेश टिम दोस्रो हुन सफल भयो । उत्कृष्ट खेलाडी र टिम च्याम्पियन र टिम दोस्रोहरूलाई नगर प्रमुखज्यूसहित अन्य अतिथिहरूले पुरस्कृत गर्नु भएको थियो । उत्कृष्ट खेलाडीहरू र टिम दोस्रोलाई ट्रफीसहित नगद रू पाँच हजार र टिम च्याम्पियनलाई ट्रफीसहित नगर रू दस हजार प्रदान गरी सम्मान गरिएको थियो । त्यस्तै प्रतियोगितामा उपस्थित अतिथि, कोच, रेफ्री र स्वयंसेवकहरूलाई मायाको चिनोहरू प्रदान गरिएको थियो ।
पुरस्कार वितरण पछि सम्बोधन गर्नुहुँदै नगर प्रमुखज्यूले विजेता खेलाडीहरूलाई बधाई दिनु हुँदै आगामी दिनमा थप सफलता मिलोस् भन्ने शुभकामना दिनुभयो भने सहभागी खेलाडीहरूलाई सहभागिता आफैमा एक प्रकारको जीत हो, खेलमा हुने हारजीतलाई सामान्य रुपमा लिई आगामी दिनमा थप उत्साह र लगनका साथ खेलमा निरन्तरता दिन हौसला प्रदान गर्नु भयो । साथै, उहाँले महालक्ष्मी नगरपालिकाले आगामी दिनमा पनि खेलाडीहरूलाई आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले खेलाडीहरूको सफलताका पछाडी उनीहरूको अत्मविश्वास, लगनशीलता, खेलप्रतिको साधना, निरन्तर अभ्यासका साथै उनीहरूको कोच, ट्रेनर, परिवार र साथीहरूको पनि उतीकै भूमिका रहने हुँदा नगरप्रमुखज्यूले उहाँहरूलाई पनि बधाई तथा शुभकामना दिनु भयो । विजेता खेलाडीहरूले आगामी दिनमा कुनै किसिमको अहम राख्न नहुने र सधै अनुशासित रहि खेलमा सिकेका कुस्तिको कलालाई खेलामा मात्रै सिमित राख्न आग्रहसमेत गर्नुभयो ।
नगर प्रमुख युवा उद्यमशीलता विकास अभिमुखीकरण कार्यक्रम | वडा नं ८ र ९ | २०७७/१०/०८
मिति २०७७/१०/०८ गते नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षतामा “नगर प्रमुख युवा उद्यमशीलता विकास अभिमुखीकरण कार्यक्रम” वडा नं ८ को खानेपानीको सभाहलमा सम्पन्न भयो। सो कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापाज्यू, वडा नं ८ र ९ का वडा अध्यक्षज्यूहरुसहित अन्य जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा, प्रमुख शिक्षा अधिकृत श्री चिरञ्जीवी पौडेल, राष्ट्रिय वाणिज्य बैंक, लुभु शाखाको शाखा प्रबन्धक श्री भावना फुयाल र वडा नं ८ र ९ का नगर प्रमुख युवा उद्यमशीलता विकास कार्यक्रममा आवद्ध हुन इच्छुक ३४ सहभागीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको नगर प्रमुखज्यूबाट उद्घाटन भएको थियो।
यस अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले उद्यमशीलताको विकासमा नगरपालिकाको सोच र हाल सम्मको प्रयास सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले जनप्रतिनिधिको वहालीपछि पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, श्रम तथा रोजगार, वातावरण संरक्षण तथा सरसफाइ, कृषि/पशु विकास जस्ता मुख्य क्षेत्रहरुमा नगरले गरेका प्रयास र उपलब्धीहरुबारे प्रकाश पार्नुका साथै निर्वाचन अघिको प्रतिबद्धता गरेबमोजिम नगर प्रमुख युवा उद्यमशीलता विकास कोषको स्थापना भएको र यसबाट प्रत्यक्ष/अप्रत्यक्ष रुपमा १००० जना रोजगारी सृजना गरिने लक्ष्य रहेको बताउनु भयो । यस कार्यक्रम सञ्चालनका निम्ति तर्जुमा गरिएका कानुनहरु : महालक्ष्मी नगरपालिका उद्यमशीलता विकास कोष सञ्चालन कार्यविधि, २०७७ र महालक्ष्मी नगरपालिका नगर प्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन मापदण्ड, २०७७ बारे चर्चा भएको थियो।
त्यसै गरी, नगर उपप्रमुख श्री निर्मला थापाज्यूले नगर प्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिने क्रियाकलापहरु, कार्यक्रममा सहभागीहरुको भूमिका, समूह/उद्यमी छनौटका आधार र कार्यक्रममार्फत उद्यमीले कसरी सहुलियतपूर्ण कर्जा, बजारीकरण र प्रविधि हस्तान्तरणको लाभ लिनसक्छन् भन्ने बारे प्रस्तुतीकरण गर्नु भएको थियो।
आजको कार्यक्रमको समापन सत्रमा प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटाले सहभागीहरुलाई कुशल उद्यमी बन्न प्रोत्साहन गर्दै नगर प्रमुख युवा उद्यमशीलता कार्यक्रमबाट कसरी लाभान्वीत हुन सकिन्छ र सो कोषको अवधारणा र प्रयोग बारे थप प्रकाश पार्नुभएको थियो ।
सोही कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, लुभु शाखा प्रबन्धकबाट सहुलियतपूर्ण कर्जासम्बन्धी जानकारी र यस कार्यालयका रोजगार संयोजकबाट व्यवसायिक योजना निर्माणबारे सहभागीहरुमाझ छलफल गराइएको थियो ।
वडा नं ४ को अफल टोल LA स्कुल नजिक ढलान कार्यको शुभारम्भ ।
महालक्ष्मी नगरपालिका ललितपुरका नगरप्रमुख श्री रामेश्वर श्रेष्ठज्यूबाट वडा नं ४ को अफल टोल LA स्कुल नजिक ढलान कार्यको शुभारम्भ गर्नुभयो। सो कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापाज्यू, ४ नं वडाका वडा अध्यक्ष श्री लक्ष्मण रोक्काज्यू लगायतका जनप्रतिनिधिहरु, समाजसेवी तथा स्थानीय वडावासीहरुको उपस्थिति रहेको थियो।
समुदायमा आधारित बालसमूहका प्रतिनिधिहरूलाई दुई दिने क्षमता विकास कार्यक्रम | २०७७ माघ ३०
मिति २०७७/१०/३० र २०७७/११/०१ गते यस महालक्ष्मी नगरपालिका ललितपुरको आयोजनामा "समुदायमा आधारित बालसमूहका प्रतिनिधिहरूलाई दुई दिने क्षमता विकास कार्यक्रम" सम्पन्न भयो।
प्राथमिक तहका शिक्षकहरूका लागि नवप्रवर्तन तथा सूचना प्रविधियुक्त शिक्षण सिकाई सम्बन्धी तालिम | २०७७ माघ २५
मिति २०७७ माघ २५ गते महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षतामा श्री सिद्धिमङ्गल उच्च मा.वि. को सभाहलमा यस नगरपालिकाका सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्यापन गर्नुहुने प्राथमिक तहका शिक्षकहरूका लागि नवप्रवर्तन तथा सूचना प्रविधियुक्त शिक्षण सिकाई सम्बन्धी तालिम सम्पन्न भयो । सो कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापाज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा, प्रमुख शिक्षा अधिकृत श्री चिरञ्जीवी पौडेल, नगर शिक्षा समितिका सदस्य, सिद्धिमङ्गल मा.वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष को उपस्थिति रहेको थियो । कोहलपुर नगरपालिकाका प्रमुख शिक्षा अधिकृत श्री अनन्त कुमार पौडेल रिसोर्स पर्सन रहनुभएको कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत श्री सुनिता योङहाङले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन नगर प्रमुखज्यूद्वारा विरुवामा जल राखेर गर्नुभएको थियो ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगरप्रमुखज्यूले नगरलाई “शैक्षिक हव” बनाउने vision बमोजिम नगरपालिकाले शैक्षिक क्षेत्र विकासका लागि गर्दै आएका कामहरू र राष्ट्रियस्तरमै स्थापन गरेका मानकहरू बारे प्रकाश पार्नुभयो । उहाँले जनप्रतिनिधिहरूको बहालि पछि लागू भएको एक शैक्षिक वर्षमा चार परीक्षा नीतिले उत्तीर्ण दरमा उल्लेख्य प्रगति ल्याएको बारे चर्चा गर्नुभयो ।त्यसैगरी शैक्षिक गुणस्तरको अभिवृद्धिका लागि शिक्षकहरूको क्षमता अभिवृद्धि, सीप विकास र परम्परागत शिक्षण सिकाईमा निरन्तर सुधार अपरीहार्य रहेकोले सोहीबमोजिमका तालिमहरू नगरपालिकाले सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । उहाँले हरेक विद्यालयले उच्च प्रतिस्पर्धा रहेको अहिलेको श्रम बजारमा सजिलै रोजगारी पाउनसक्नुका साथै स्वरोजगार हुनसक्ने गरी विद्यार्थीलाई तयार गर्नुका साथै उनीहरुमा critical thinking, innovation र self learning व्यवहारको विकास गर्नुपर्नेमा जोड दिनुभयो। नगर प्रमुखज्यूले शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षकहरुको भूमिका बारे प्रष्ट पार्नुहुँदै उहाँहरुको योगदानको प्रशंसा गर्नुका साथै उहाँहरूलाई थप उत्साहका साथ शिक्षण सिकाईमा डिजिटल सिकाइको प्रयोग गर्न प्रेरित गर्नुभएको थियो ।
कार्यक्रमको सुरुवात प्रमुख शिक्षा अधिकृत श्री चिरञ्जीवी पौडेलले कार्यक्रमको उद्देश्यसम्बन्धी प्रस्तुतीकरण गरेर गर्नुभएको थियो । सोही कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापाज्यूले सहाभागीहरूलाई सूचना प्रविधियुक्त शिक्षण सिकाई आजको आवश्यकता रहेकोले यस तालिमबाट लाभान्वित हुन सबै सहभागीलाई शुभकामना दिनुहुँदै समग्र विकासमा गुणस्तरीय शिक्षाको महत्वबारे प्रकाश पार्नुभयो । आजको कार्यक्रमको उद्देश्य माथि थप प्रकाश पार्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटाले सूचना प्रविधिको विकाससँगै विश्व नै सानो गाउँको रूपमा परिभाषित हुँदै आएकाले अबको हाम्रो प्रतिस्पर्धा स्थानीय मात्र नभई विश्वस्तरीय भइसकेकाले सोही बमोजिम गर्नु गराउनु पर्ने हुँदा विद्यार्थीहरूलाई विश्वस्तरीय प्रतिस्पर्धाको लागि तयार गर्नुपर्ने र त्यसमा प्रविधिमैत्री शिक्षण सिकाइको पनि ठूलो योगदान रहनेमा जोड दिनुभयो।
कार्यक्रमका स्रोत व्यक्ति कोहलपुर नगरपालिकाका प्रमुख शिक्षा अधिकृत श्री अनन्त कुमार पौडेलले शिक्षामा पाठ्यपुस्तक, black board, white board हुँदै smart digital board सम्म आइपुग्दा भएका नवीनतम परिवर्तनहरू बारे चर्चा गर्नुभयो ।
आजको नवप्रवर्तन तथा सूचना प्रविधियुक्त शिक्षण सिकाई सम्बन्धी तालिममा ५६ जना शिक्षकहरूको सहभागिता रहेको थियो भने सहभागीहरूलाई २ समूहमा विभाजन गरी सहजकर्ताहरू: महेन्द्रग्राम मा.वि.का प्र.अ श्री भरतबाबु खनाल र श्रृङ्गेरी मा.वि का शिक्षक श्री सुदिप श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।
नगर प्रमुख युवा उद्यमशीलता विकास अभिमुखीकरण कार्यक्रम | वडा नं १० | २०७७/१०/१९
मिति २०७७/१०/१९ गते नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षतामा “नगर प्रमुख युवा उद्यमशीलता विकास अभिमुखीकरण कार्यक्रम” वडा नं १०, लाँकुरीभञ्ज्याङ स्थित श्री बासुकी मा.वि.मा सम्पन्न भयो। सो कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापाज्यू, वडा नं ८, ९ र १० का वडा अध्यक्षज्यूहरुसहित अन्य जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा, राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी श्री वेद लावती र वडा नं १० बाट नगर प्रमुख युवा उद्यमशीलता विकास कार्यक्रममा आवद्ध हुन इच्छुक ३५ सहभागीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको नगर प्रमुखज्यूबाट उद्घाटन भएको थियो।
यस अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले उद्यमशीलताको विकासमा नगरपालिकाको सोच र हाल सम्मको प्रयास सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले जनप्रतिनिधिको वहालीपछि पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, श्रम तथा रोजगार, वातावरण संरक्षण तथा सरसफाइ, कृषि/पशु विकास जस्ता मुख्य क्षेत्रहरुमा नगरले गरेका प्रयास र उपलब्धीहरुबारे प्रकाश पार्नुका साथै निर्वाचन अघिको प्रतिबद्धता गरेबमोजिम नगर प्रमुख युवा उद्यमशीलता विकास कोषको स्थापना भएको र यसबाट प्रत्यक्ष/अप्रत्यक्ष रुपमा १००० जना रोजगारी सृजना गरिने लक्ष्य रहेको बताउनु भयो । यस कार्यक्रम सञ्चालनका निम्ति तर्जुमा गरिएका कानुनहरु : महालक्ष्मी नगरपालिका उद्यमशीलता विकास कोष सञ्चालन कार्यविधि, २०७७ र महालक्ष्मी नगरपालिका नगर प्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन मापदण्ड, २०७७ बारे चर्चा गर्नु भएको थियो।
त्यसै गरी, नगर उपप्रमुख श्री निर्मला थापाज्यूले नगर प्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिने क्रियाकलापहरु, कार्यक्रममा सहभागीहरुको भूमिका, समूह/उद्यमी छनौटका आधार र कार्यक्रममार्फत उद्यमीले कसरी सहुलियतपूर्ण कर्जा, बजारीकरण र प्रविधि हस्तान्तरणको लाभ लिनसक्छन् भन्ने बारे प्रस्तुतीकरण गर्नु भएको थियो।
आजको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटाले सहभागीहरुलाई कुशल उद्यमी बन्न प्रोत्साहन गर्दै नगर प्रमुख युवा उद्यमशीलता कार्यक्रमबाट कसरी लाभान्वीत हुन सकिन्छ र सो कोषको अवधारणा र प्रयोग बारे थप प्रकाश पार्नुभएको थियो ।
सोही कार्यक्रममा सहुलियतपूर्ण कर्जासम्बन्धी जानकारी र यस कार्यालयका रोजगार संयोजकबाट व्यवसायिक योजना निर्माणबारे सहभागीहरुमाझ छलफल गराइएको थियो ।
(नोटः यस अघि २०७७/१०/०७ गते वडा नं १ को सभाहलमा वडा नं १ देखि ७ सम्मका १९ सहभागिहरुका लागि र २०७७/१०/०८ गते वडा नं ८ को खानेपानी संस्थाको सभाहलमा वडा नं ८ र ९ का ३४ सहभागिहरुका लागि नगर प्रमुख युवा उद्यमशीलता विकास अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको थियो)
स्थानीय पाठ्यपुस्तक “हामी र हाम्रो महालक्ष्मी”विमोचन तथा वितरण शुभारम्भ समारोह | २०७७माघ१६
मिति २०७७ माघ १६ गते महालक्ष्मी नगरपालिका, ललितपुरका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षतामा यस नगरपालिकाद्वारा निर्माण गरिएको कक्षा १ र ८ को स्थानीय पाठ्यपुस्तक “हामी र हाम्रो महालक्ष्मी”विमोचन तथा वितरण शुभारम्भ समारोह सम्पन्न भयो । सो कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापाज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा, प्रमुख शिक्षा अधिकृत श्री चिरञ्जीवी पौडेल, नगर शिक्षा समितिका सदस्यहरू, सामुदायिक, गुठीद्वारा सञ्चालित र निजि विद्यालयका प्र.अ.हरूको उपस्थिति रहेको थियो र कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत श्री सुनिता योङहाङले गर्नुभएको थियो ।
कार्यक्रमको शुरुवात प्रमुख शिक्षा अधिकृत श्री चिरञ्जीवी पौडेलद्वारा स्वागत तथा कार्यक्रमको उद्देश्यसम्बन्धी प्रस्तुतिकरणबाट भएको थियो ।
कार्यक्रमको उत्तरार्द्धमा नगर प्रमुखज्यू र नगर उपप्रमुखज्यूबाट महालक्ष्मी नगरपालिकाद्वारा निर्माण गरिएको कक्षा १ र कक्षा ८ को स्थानीय पाठ्यपुस्तक “हामी र हाम्रो महालक्ष्मी” को विमोचन गर्नुभएको थियो । पुस्तक विमोचन पश्चात समारोहमा सम्बोधन गर्नुहुँदै नगर प्रमुखज्यूले नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्दा देखि पाठ्यपुस्तक निर्माण हुँदा सम्मको दौरानमा भएका थुप्रै कार्यहरुमाथि प्रकाश पार्नुभयो । उहाँले पाठ्यपुस्तक निर्माण गर्दा दुवै Upward र Downward approach अपनाइएको र यस पश्चात कक्षा २ र कक्षा ७ को पुस्तक निर्माण गरिने र त्यस सम्बन्धी प्रक्रिया अघि बढीसकेको र स्वत आघामी दुई वर्षभित्र नै १ देखि ८ कक्षा सम्मको सबै पाठ्यपुस्तक निर्माण हुने जानकारी दिनुभयो । त्यसैगरी, स्थानीय पाठ्यपुस्तकले विद्यार्थीहरूलाई नगरपालिकाको भौगोलिक, साँस्कृतिक र ऐतिहासिक जानकारी दिनुका साथै उनीहरुलाई स्थानीय भाषा, शैली र परम्परासँग चिरपरिचित गराउने र थप व्यवहारीक शिक्षा समेत प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले शिक्षा क्षेत्रमा नगरपालिकाले स्थापित गरेका मानकहरूबारे चर्चा गर्नुका साथै यस नगरपालिकाले शुरु गरेको Practical Manual Guidebook को चौतर्फी प्रशंसा भएको जानकारी दिनुभयो । अन्त्यमा, पाठ्यक्रम लागू भए सँगै पाठ्यपुस्तक निर्माण हुँदै गर्दा पनि शिक्षकहरुले पाठ्यक्रमलाई आधारमानी स्थानीय पाठ्यक्रमको पठनपाठन जारी राखेकोमा नगरप्रमुखज्यूले उहाँहरुको प्रशंसा समेत गर्नुभएको थियो ।
त्यसै गरी नगर उपप्रमुखज्यूद्वारा पाठ्यपुस्तक निर्माणमा सहयोग गर्नुहुने सबैमा धन्यवाद दिनुहुँदै स्थानीय पाठ्यपुस्तकको प्रभावकारीताबारे मनतब्य राख्नुभएको थियो।
नगर प्रमुखज्यूसहित संयुक्त विद्यालय अनुगमन | २०७७ माघ ८
२०७७ माघ ८ गतेका दिन महालक्ष्मी नगरपालिका वडा नं ८ मा सञ्चालित श्री महालक्ष्मी एकेडेमी र श्री वेष्ट विङ्ग माध्यामिक विद्यालयको महालक्ष्मी नगरपालिकाका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको नेतृत्वमा संयुक्त अनुगमन सम्पन्न भयो । विद्यालय अनुगमनको दौरान नगर प्रमुखज्यूले विद्यार्थीहरूसँग अनलाइन माध्यमबाट भएका शिक्षण सिकाइप्रति उनीहरुको अनुभव, कोभिड-१९ संक्रमणबारे उनीहरूको बुझाइ र आगामी दिनमा अपनाउनु पर्ने सावधानी जस्ता विषयमा छलफल गर्नुका साथै विद्यार्थीहरूमाझ उहाँको कोभिड-१९ को संक्रमण अनुभव बारे प्रकाश पार्नुभएको थियो। सो अवसरमा कोभिड १९ को महामारी पछि भौतिकरुपमा विद्यालय सञ्चालन सुरुभएको अवस्थामा के-कस्ता पूर्व तयारीका साथ शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन भएको छ, विद्यालयको सञ्चालन व्यवस्थापन तथा सुरक्षाका उपयाहरु के-कस्तो अपनाइएको छ भन्ने बारेमा अनुगमन निरिक्षण गर्नुका साथै शिक्षक तथा विद्यार्थीहरुसँग अन्तरक्रिया तथा छलफल गरेर कोभिड १९ सँग बच्दै कसरी शिक्षण सिकाइ प्रभावकरी बनाउन सकिन्छ भन्नेवारेमा छलफल तथा सुझाव प्रदान गरिएको थियो । उक्त अनुगमन टोलीमा महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री पुरुषोत्तम सापकोटा, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख श्री चिरञ्जीवी पौडेल र शिक्षा अधिकृत श्री सुनिता याङ्हाङ समेतको सहभागीता रहेको थियो । आगामी दिनमा पनि नगरपालिकामा सञ्चालित विद्यालयहरुलाई स्वास्थ्य सहजीकरण तथा सहयोग गर्न निरन्तर विद्यालय अनुगमन हुनेछ।
नगर प्रमुख युवा उद्यमशीलता विकास अभिमुखीकरण कार्यक्रम | वडा नं १ देखि ७ | २०७७/१०/०७
मिति २०७७/१०/०७ गते नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षतामा “नगर प्रमुख युवा उद्यमशीलता विकास अभिमुखीकरण कार्यक्रम” सम्पन्न भयो। वडा नं १ को सभाहलमा आयोजित सो कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापाज्यू, वडा नं १, २, ४ र ६ का वडा अध्यक्षज्यूहरुसहित अन्य जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा, प्रमुख शिक्षा अधिकृत श्री चिरञ्जीवी पौडेल, राष्ट्रिय वाणिज्य बैंकका प्रतिनिधि श्री राजन घिमिरे र लुभु रा. वा. बैंक शाखा प्रबन्धक श्री भावना फुयाल र वडा नं १ देखि ७ सम्मका नगर प्रमुख युवा उद्यमशीलता विकास कार्यक्रममा आवद्ध हुन इच्छुक १९ सहभागीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको नगर प्रमुखज्यूबाट उद्घाटन भएको थियो।
यस अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले उद्यमशीलताको विकासमा नगरपालिकाको सोच र हाल सम्मको प्रयास सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले जनप्रतिनिधिको वहालीपछि भए गरेका प्रयास र उपलब्धीहरुबारे प्रकाश पार्नुका साथै निर्वाचन अघिको प्रतिबद्धता गरेबमोजिम नगर प्रमुख युवा उद्यमशीलता विकास कोषको स्थापना भएको र यसबाट प्रत्यक्ष/अप्रत्यक्ष रुपमा १००० जना रोजगारी सृजना गरिने लक्ष्य रहेको बताउनु भयो । यस कार्यक्रम सञ्चालनका निम्ति तर्जुमा गरिएका कानुनहरु : महालक्ष्मी नगरपालिका उद्यमशीलता विकास कोष सञ्चालन कार्यविधि, २०७७ र महालक्ष्मी नगरपालिका नगर प्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन मापदण्ड, २०७७ बारे चर्चा भएको थियो।
त्यसै गरी, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटाले नगर प्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिने क्रियाकलापहरु, कार्यक्रममा सहभागीहरुको भूमिका, समुह/उद्यमी छनौटका आधार र कार्यक्रममार्फत उद्यमीले कसरी सहुलियतपूर्ण कर्जा, बजारीकरण र प्रविधि हस्तान्तरणको लाभ लिनसक्छन् भन्ने बारे प्रस्तुतीकरण गर्नु भएको थियो।
सोही कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रतिनिधिबाट सहुलियतपूर्ण कर्जासम्बन्धी जानकारी र यस कार्यालयका रोजगार संयोजकबाट व्यवसायिक योजना निर्माणबारे सहभागीहरुमाझ छलफल गराइएको थियो । आजको कार्यक्रमको समापन सत्रमा नगर उपप्रमुख श्री निर्मला थापाज्यूले सहभागीहरुलाई कुशल उद्यमी बन्न प्रोत्साहन गर्दै कार्यक्रम सम्बन्धी मन्तव्य राख्नुभएको थियो ।




















































































































