मिति २०७७/१०/०२ गते महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूबाट यस नगरपालिकाको वडा नं ६ मा नेपाल रेडक्रस सोसाईटी सिद्धिपुर उप-शाखा भवन, नेमकुल ठूलो सना गुठीको भवन र पोठा गुठी भवन निर्माणको शिलान्यास गर्नुभएको छ । उक्त शिलान्यास कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापाज्यू, वडा नं ६ का वडा अध्यक्ष श्री बासुदेव महर्जनज्यू, वडा नं ७ का वडा अध्यक्ष श्री नकुल थापाज्यू लगायत अन्य जनप्रतिनिधिहरु, समाजसेवी तथा स्थानीय वडावासीहरुको उपस्थिति रहेको थियो ।
वडा नं ६ मा नेपाल रेडक्रस सोसाईटी सिद्धिपुर उप-शाखा भवन, नेमकुल ठूलो सना गुठीको भवन र पोठा गुठी भवन निर्माणको शिलान्यास | २०७७/१०/०२
वडा नं.१-५ सम्मका कृषकहरुकाे लागि कौशी खेती कार्यक्रम संचालन | २०७७/०९/२४
मिति २०७७/०९ /२४ गते महालक्ष्मी नगरपालिका ललितपुरकाे आ.व.२०७७/०७८ काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार वडा नं.१-५ सम्मका कृषकहरुकाे लागि कौशी खेती कार्यक्रम संचालन गरी कौशी खेती र कम्पाेष्ट वीन तथा कम्पाेष्ट मलकाे तयारी बारे जानकारी दिँदै नगर क्षेत्र भित्रका २९ जना कृषकहरुलाई कम्पाेष्ट वीन सेट ५०% मुल्य अनुदानमा वितरण तथा २४ जना कृषकहरुका लागि ५०% मुल्य अनुदानमा कौशी खेती सेट वडा नं. १ काे सभाहलमा एक कार्यक्रमका बिच वडा न. १ का वडा अध्यक्ष श्री नन्द कुमार न्यौपानेज्यूकाे प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । यसरी वितरित कौशी खेती सेटमा हजारी ,कौशी स्ट्यान्ड्, काेकाेपिट, भर्मिक कम्पाेट, कौशी खेतीका लागि ट्रे, ग्राेब्याग, हजारी र कम्पाेष्टलवीन सहितकाे सेट रहेको थियो।
कृषि औजार उपकरण तथा वीउ विजन वितरण कार्यक्रम - ०७७/७८-दोस्रो चौमासिक
मिति २०७७/०९ /२१ गते महालक्ष्मी नगरपालिका ललितपुरकाे कृषि विकास शाखाकाे आ.व.२०७७/०७८ काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार दाेश्रो चौमासिक कार्य अवधिकाे "कृषि औजार उपकरण तथा वीउ विजन वितरण कार्यक्रम" नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा नगर उप प्रमुख श्री निर्मला थापाज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटाज्यू, वडा नं ९ का वडा अध्यक्ष श्री बासुदेव शर्मा गौतमज्यू, वडा नं ८ का वडा अध्यक्ष श्री विश्वराज श्रेष्ठज्यू लगाएत कृषि विकास शाखाका शाखा प्रमुख र कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुखज्यूले कृषि क्षेत्रको विकास र विस्तारमा नगरपालिकाले गर्दै आएका र भावी दिनमा गर्ने कार्यक्रमहरू बारे प्रकाश पार्नु भयो। साथै, परम्परागत शैलीमा जीविकोपार्जन गर्ने रुपमा मात्र नभई प्रचलित आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिक कृषि गर्नु आजको आवश्यकता रहेको हुँदा नव कृषि उद्यमी श्रृजना गर्न महालक्ष्मी नगरपालिकाद्वारा सोही प्रकारका कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो। त्यसै गरी कृषि उत्पादनलाई स्थानीय बजारमा नै बजारीकरण तथा उचित व्यवस्थापन गर्न नगरपालिकाले आवश्यक सहयोग तथा सहजीकरण गर्ने उहाँले बताउनुभयो ॥
महालक्ष्मी नगरपालिका ललितपुरको नवौं नगरसभा सम्पन्न ।
मिति २०७७/०९/१७ गते बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति एवम् प्रदेश सभा सदस्य मा. माधवप्रसाद पौडेलज्यूको आतिथ्यता र नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षतामा महालक्ष्मी नगरपालिका ललितपुरको नवौं नगरसभा सम्पन्न भयो । सो बैठकमा महालक्ष्मी नगरपालिकाको आठौं नगरसभाबाट स्वीकृत बजेटको सिमाभित्र रहेका ६०-४० अन्तर्गतका योजनाहरु र अन्य सार्वजनिक निर्माण शीर्षकको कार्यक्रमबाट कार्यपालिकाको बैठकबाट निर्णय भई सञ्चालित योजनाहरु साथै उक्त नगरसभाबाट स्वीकृत भएका केही योजनाहरु संशोधन गर्न र नगरस्तरीय योजनाहरु संशोधन सम्बन्धी प्रस्ताव नगर उपप्रमुख श्री निर्माला थापाज्यूद्वारा नगरसभासमक्ष पेश भई सर्वसम्मत रुपमा पारित गरिएको छ। त्यसै गरी आजको बैठकमा महालक्ष्मी नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ सभा सदस्य श्री कुवेर के.सीद्वारा र महालक्ष्मी नगरपालिकाको नगर वन व्यवस्थापन विधेयक, २०७७ सभा सदस्य श्री गंगा दहालद्वारा सभासमक्ष पेश भई सर्वसम्मत रुपमा पारित गरिएको छ। सोही महालक्ष्मी नगरपालिकाको नवौं नगरसभामा महालक्ष्मी नगरकार्यपालिकाले चालु आ.व. को श्रावणदेखि हालसम्म गरेका निर्णयहरु अनुमोदन गर्ने सम्बन्धी प्रस्ताव सभा सदस्य श्री बासुदेव महर्जनद्वारा सभासमक्ष पेश भई सर्वसम्मतीले पारित गरिएको छ । सभा सदस्य श्री रमेश थापाद्वारा महालक्ष्मी नगरपालिकाको लेखापरीक्षण प्रतिवेदन सम्बन्धमा लेखा समितिको प्रस्ताव सभा समक्ष पेश भई सर्वसम्मत रुपमा पारित भएसँगै सभाध्यक्षज्यूले नवौं नगरसभा सम्पन्न भएको घोषणा गर्नुभयो ।
कोगटे र सिस्नेरी खोलाको अवलोकन
काठ्माडौं उपत्यकाको विशेष गरी ललितपुर क्षेत्रलाई खानेपानी वितरण गर्ने उद्देश्यले मिति २०७७/०९/१० शुक्रवार महालक्ष्मी नगरपालिकाका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ, गोदावरी नगरपालिकाका नगर प्रमुख श्री गजेन्द्र महर्जन, पूर्व माननीय श्री मदन अमात्य, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक श्री संजीव विक्रम राणा, KUKL का CEO श्री मिलन शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री विष्णु कोइरला, महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा लगायत सम्पूर्ण निकायका प्राविधिक कर्मचारीबाट मकवानपुर जिल्ला स्थित कोगटे र सिस्नेरी खोलाको अवलोकन भ्रमण भएको थियो ।
महालक्ष्मी नगरपालिका वडा नं ९ स्तरीय सरसफाइ समितिको संयोजकत्वमा सम्पन्न "फोहर मैला व्यवस्थापन तथा झाडी सुधार कार्यक्रम"
मिति २०७७/०९/११ गते महालक्ष्मी नगरपालिका वडा नं ९ स्तरीय सरसफाइ समितिको संयोजकत्व र श्री भैरव श्रृजनशिल टोल विकास संस्थाको सहकार्यमा "फोहर मैला व्यवस्थापन तथा झाडी सुधार कार्यक्रम" सम्पन्न भयो। कार्यक्रममा सम्बोधन गर्नुहुँदै ९ नं वडाका वडा अध्यक्ष श्री बासुदेव शर्मा गौतमज्यूले वडा स्तरीय सरसफाइ अभियानको निरन्तरता स्वरूप आयोजित कार्यक्रममा स्थानीयहरूको उपस्थिति र सहभागिता उत्साहजनक रहेकोमा सबैलाई धन्यवाद दिनुहुँदै हरेक टोल टोलमा यस प्रकारका कार्यक्रमको आयोजना गरिने र जनमानसमा सरसफाइ र फोहोर व्यवस्थापन सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै वडा तथा नगरलाई नै स्वच्छ, सफा र सुन्दर बनाउने लक्ष्य रहेको बताउनुभयो। साथै, उहाँले सरसफाइ तथा फोहर व्यवस्थापन एकदिन मात्रै नभई नियमित रुपमा गरिनुपर्ने कार्य भएकाले वडावासी र टोल विकास संस्थाहरुले यसलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो। यस कार्यक्रममा वडा सदस्यहरू, टोल विकास संस्थाका पदाधिकारीका साथै वडावासी र समाज सेवी अभियन्ताहरूको उपस्थिति रहेको थियो।
यस अघि पनि वडा नं ९ स्तरीय सरसफाइ समितिको आयोजनामा नगर प्रमुखज्यू र नगर उपप्रमुखज्यूको आतिथ्यतामा निम्नानुसार कार्यक्रमहरू आयोजना गरिएको थियो।
निम्न :
१. सरसफाइ सामग्री वितरण कार्यक्रम (२०७७/०८/२० गते)
२. सरसफाइ कार्यक्रम (२०७७/०८/२७ गते)
महालक्ष्मी नगरपालिका ललितपुर र राष्ट्रिय वाणिज्य बैंक बीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सहकार्य गर्ने सम्बन्धी समझदारी ।
आज मिति २०७७/०९/०१ गते महालक्ष्मी नगरपालिका ललितपुर र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सहकार्य गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । समझदारी पत्र महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यू र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरणकुमार श्रेष्ठज्यूले हस्ताक्षर गर्नुभएको छ । उक्त कार्यक्रममा महालक्ष्मी नगरपालिका ललितपुरका नगर उपप्रमुख श्री निर्मला थापाज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटाज्यू, वडा अध्यक्षज्यूहरु, राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, बागमती प्रादेशिक कार्यालयको प्रबन्धक, लुभु शाखाको प्रबन्धक लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
समझदारीपत्रमा हस्ताक्षर पश्चात कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगर प्रमुखज्यूले महालक्ष्मी नगर क्षेत्रभित्रका उद्यम तथा व्यवसाय गर्न चाहने युवाहरुलाई आवश्यक परामर्श र उद्यमशीलतासम्बन्धी तालिमको व्यवस्था गरी तालिम प्राप्त व्यक्तिहरुलाई सहुलितपूर्ण कर्जाको लागि बैंकमा सिफारिस गरिने भन्नेबारे प्रकाश पार्नुभयो । उहाँले यस कार्यक्रमले युवाशक्तिलाई उत्पादनसँग जोडी बेरोजगारी न्यूनिकरण गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस समझदारीले वर्तमान अवस्थामा खेर गईरहेका बौद्धिक र श्रमिक शक्तिको उचित व्यवस्थापन गर्ने नगरको लक्ष्यलाई पुरा गर्न एवम् नगर प्रमुख युवा उद्यमशीलता कार्यक्रमको सफलतामा समेत ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै, उहाँले यस सहुलियतपूर्ण कर्जासँग सम्बन्धित काममा बैंकसँग आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठज्यूले सहुलियतपूर्ण कर्जा तिर्नुनपर्ने भन्ने भ्रम धेरैमा रहेकाले कार्यन्वनयमा चुनौति भएता पनि नगरपालिकाको सहकार्य र प्रतिबद्धताले बैंकलाई थप उत्साहपूर्ण तरिकाले कार्यक्रम कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयतहमा प्रयोगात्मक परीक्षा तथा परियोजनामा आधारित शिक्षण सिकाई पद्धति सञ्चालन निर्देशिका २०७६” को ५ दिने प्रबोधिकरण तालिम
महालक्ष्मी नगरपालिका, ललितपुरको आयोजनामा “विद्यालयतहमा प्रयोगात्मक परीक्षा तथा परियोजनामा आधारित शिक्षण सिकाई पद्धति सञ्चालन निर्देशिका २०७६” को ५ दिने प्रबोधिकरण तालिम ( २०७७ मार्ग २२ गतेदेखि २६ गतेसम्म) को समापन कार्यक्रम नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षतामा, नेपाल सरकारका सहसचिव श्री रामबन्धु सुवेदीज्यू, नगर उप-प्रमुख श्री निर्मला थापाज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा, महालक्ष्मी नगर शिक्षा समितिका सदस्यहरु पाठ्यक्रम विकास केन्द्रका विषय विज्ञ तथा अधिकृतहरु, महालक्ष्मी नगरपालिकाका सबै सामुदायिक संस्थागत र गुठी विद्यालयका प्र.अ./प्रिन्सिपलहरु, सामुदायिक/संस्थागत/गुठि विद्यालयका विभिन्न विषय तथा तहमा अध्ययापनरत विषय शिक्षकहरुको आतिथ्यता तथा सहभागीतामा Zoom माध्यमबाट सम्पन्न भयो ।
उक्त समापन कार्यक्रममा कार्यक्रमका अध्यक्ष एवम् महालक्ष्मी नगरपालिकाका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो, शिक्षा विना कुनै पनि देशको समग्र विकास सम्भव छैन । तसर्थ शिक्षामा गुणात्मक परिवर्तन नगरी देशको परिवर्तन सम्भव नभएको हुदा शिक्षालाई महत्वपूर्ण स्थान दिन जरुरी छ । विद्यार्थीमा रहेको प्रतिभावको प्रष्फुटन गर्न, विदेशिने विद्यार्थीलाई रोक्न , स्वरोजगार हुने जनशक्ती उत्पादन गर्न प्रयोगात्मक शिक्षण सिकाइ र व्यवहारिक शिक्षा दिन जरुरी छ । यसका लागि शिक्षण सिकाइ क्रियाकलाप तथा विद्यार्थीको मूल्याङ्कन पद्दतीमा सुधार र परिवर्तन गर्न जरुरी छ । सोही प्रयासको लागि शिक्षामा सुधार र परिवर्तन गर्ने कार्यमा सहयोग पुर्याउन यो प्रयोगात्मक तथा परियोजनामा आधारित शिक्षण सिकाइ पद्दतीको निर्देशिका तयार गरि सबै शिक्षकहरुका माझमा अभिमुखिकरण गरिएको हो । यस निर्देशिकामा प्राप्त सुझावलाई आगामी दिनमा समावेश गर्दै सबैको प्रयासमा शिक्षामा निरन्तर प्रगति र सुधारको लागि नगरपालिका लाग्ने भनाइ राख्दै सबै अतिथि सहभागि सहजकर्ता तथा टिप्पणीकर्ता र सहयोगी समूह सबैलाई धन्यवाद प्रदान गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख बक्ता नेपाल सरकारका सहसचिव श्री रामबन्धु सुवेदीज्यूले कार्यक्रम र प्रकाशित निर्देशिकाको समिक्षा गर्नु भएको थियो । यस प्रकाशनको भिजन नगर प्रमुखको भएको र सोही भिजन अनुसार शिक्षा शाखाले संयोजन गरेर सबै लेखक, विज्ञ शिक्षकहरुको सहभागितामा सबैको साझा प्रयासको रुपमा भएको हो । प्रयोगात्मक परीक्षालाई व्यवस्थितरुपमा सञ्चालन गर्न र परमपरागत शिक्षण सिकाइ क्रियाकलापमा सुधार गरेर जीवन उपयोगी बनाएर विद्यार्थीहरुले सबै विषय सिक्न सकुन भन्ने उद्देश्यका साथ यो सामग्रीको तयार गरिएको हो । समग्र शैक्षिक रुपान्तरण गर्ने अभियानको रुपमा एउटा काम भएको हुदा यसलाई देश व्यापि बनाउन जरुरी छ । विद्यार्थीमा नयाँ अनुभूति दिन Chalk & duster बाट परिवर्तन भएर ICT को प्रयोगका साथ शिक्षामा परिवर्तन गर्न यसले सहयोग गर्ने र आफु पनि सके सम्म सहयोग र सहभागी हुने प्रतिवध्दता व्यक्त गर्नु भयो ।
समापन कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापाज्यू, शिक्षक महासंघ अध्यक्ष तथा नगर शिक्षा समितिका सदस्य श्री मिनबहादुर अछामी, नगर शिक्षा सिमितिका सदस्य गोपाल प्रसाद घिमिरे, सहभागीको तर्फबाट प्रभा प्रधानङ्ग र तिलक पौडेलले बोल्नु भएको थियो भने पाठ्यक्रम विकास केन्द्रमा पाठ्यक्रम अधिकृत खिलानाथ धमला, शिक्षा पत्रकार समूहमका अध्यक्ष तथा गोरखा दैनिकका सह सम्पादक प्रकृति अधिकारी, सहजकर्ता तेज प्रसाद पराजुलीले कार्यक्रम प्रभावकरी भएको यसले शिक्षकहरुमा उत्प्रणा जाग्ने र शिक्षामा सुधार आउने अपेक्षा सहितको मनत्व्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख श्री चिरञ्जीवी पौडेलले गर्नु भएको थियो ।
यस कर्यक्रमबाट करिब ७०० विषय शिक्षकहरुमा महालक्ष्मी नगरपालिकाले तयार गरेको “विद्यालयतहमा प्रयोगात्मक परीक्षा तथा परियोजनामा आधारित शिक्षण सिकाई पद्धति सञ्चालन निर्देशिका २०७६” प्रबोधिकरण भई आगामी दिनमा सुधार तथा थप गर्नुपर्ने कुराहरुको लागि पृष्ठपोषण प्राप्त हुनुका साथै शिक्षकहरुको क्षमता विकास भई कक्षा सञ्चालन/व्यवस्थापन , शिक्षण सिकाइमा सुधार भइ बालबालिकाको गरेर सिक्ने क्षमतामा विकास भई अन्ततः गुणस्तरीय शिक्षा प्राप्त गर्न थप कार्य भएकोछ ।
गोदावरी खोलामा पुल निर्माणको Beam, Slab ढलान कार्यको नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूद्वारा अनुगमन
महालक्ष्मी नगरपालिका ललितपुरको नगरस्तरीय योजना अन्तर्गत कृष्ण मन्दिर - टिकाथली हुँदै चाङ्गाथली जोड्ने मूल सडकको गोदावरी खोलामा पुल निर्माणको Beam, Slab ढलान कार्यको नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले अनुगमन गर्नुभएको छ। उहाँले बाँकी निर्माण कार्य समयमै सम्पन्न गरी पुल सुचारु गर्न आवश्यक निर्देशन दिनुभएको थियो।
उक्त पुल निर्माणको विभिन्न चरणमा नगर प्रमुखज्यू, नगर उपप्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षज्यूहरु र जनप्रतिनिधिज्यूहरुको साथै नगरपालिकाको कर्मचारीहरूले नियमित अनुगमन गर्नुका साथै आवश्यक निर्देशनहरू दिनुभएको थियो।






















































































































