Unite To Fight Against Corona Virus Covid-19
Unite To Fight Against Corona Virus Covid-19
मिति २०७८ बैशाख ४ गते महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा महालक्ष्मी नगरपालिका ललितपुरको आयोजना र चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो एकेडेमीको व्यवस्थापनमा “प्रथम महालक्ष्मी मेयर कप तथा राष्ट्रिय जुनियार (आई.टि.एफ) तेक्वान्दो प्रतियोगिता २०२१” समपन्न भयो । प्रतियोगितामा विभिन्न प्रदेश बाट ३०० भन्दा बढी खेलाडी कोच, अफिसियलहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सभापतित्व चाङ्गाथली (आई.टि.एफ) तेक्वान्दो का अध्यक्ष बिकास के.सी.ले गर्नु भएको थियो भने महालक्ष्मी नगरपालिकाका नगर उप-प्रमुख श्री निर्मला थापाज्यूको विशेष आतिथ्यता, महालक्ष्मी नगरपालिकाका प्रशासकीय प्रमुख श्री पुरुषोत्तम सापकोटा, युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख श्री चिरञ्जीवी पौडेल, वडा नं ७ का वडा अध्यक्ष श्री नकुल थापा, वडा नं १ का वडा अध्यक्ष श्री नन्द कुमार न्यौपाने, वडा नं २ का अध्यक्ष श्री रामबहादुर के.सी , वडा नं ४ का अध्यक्ष श्री लक्ष्मण रोक्का सहित नगर कार्यपालिका सदस्य र वडा सदस्यहरू, विभिन्न संघ संस्थाका पदाधिकारीहरू, समाजसेवीहरू लगायतका अतिथिहरुको उपस्थिति थिए भने कार्यक्रम सञ्चालन दिप श्रेष्ठले गरेका थिए । यस कार्यक्रमको उद्घाटन महालक्ष्मी नगरपालिका नगरप्रमुख श्री रामेश्वर श्रेष्ठज्यू बाट गर्नुका साथै नगरप्रमुखज्यू र वडा नं ७ का वडा अध्यक्षले उपस्थित सबैमा स्वागत मन्तव्य राख्नु भएको थियो । प्रतियोगिता सञ्चालनको विश्राम समयमा प्रतिभाशाली बालबालिकाहरूबाट नृत्य प्रदर्शन पनि भएको थियो ।
प्रतियोगितामा महिला तर्फको विभन्न विधाका विजेताहरू यस प्रकार रहेः
१५-२० के.जी विधामा - सुरक्षा लामा प्रथम, सजनी खड्का दोस्रो र महिमा बस्नेत तेस्रो
२०-२५ के.जी विधामा - सुप्रिना लामा प्रथम, रिया श्रेष्ठ दोस्रो र अनामिका लिम्बु र दिक्षा तिवारी तेस्रो
२५-३० के.जी विधामा - जेजिना थापा प्रथम, प्रकृती मगर दोस्रो
३०-३५ के.जी विधामा - राधिका कार्की प्रथम, सुजिना तामाङ्ग र सिद्धिका कुँवर दोस्रो र स्वीकृती गिरी तेस्रो
३५-४० के.जी विधामा - अन्सिष कार्की प्रथम, रोलिना तामाङ्ग दोस्रो र एन्जल श्रेष्ठ र अरुणा निरौला तेस्रो
४०-४५ के.जी विधामा - मनिषा तामाङ्ग प्रथम, सिमा थापा दोस्रो र शर्मिला पौडेल तेस्रो
४५-५० के.जी विधामा - करुणा गौतम प्रथम, आयुषना घिमिरे दोस्रो, आस्था के.सी र एलिजा राउत तेस्रो
त्यस्तै पुरुष तर्फका विभिन्न विधाका विजेताहरू यस प्रकार रहेः
१५-२० मा - सुजन पुन मगर प्रथम, आरुष कार्की दोस्रो, सहिल रसाईली र बिनित मगर तेस्रो
२०-२५ मा - रिजन भारती प्रथम, सदिक राज थापा दोस्रो, पासाङ्ग तामाङ्ग र युगल मल्ल तेस्रो
२५-३० मा - प्रसन्न बि.क. प्रथम, मन्जिल मग्राती दोस्रो, निस्चल मल्ल र राजेश तामङ्ग तेस्रो
३०-३५ मा - दिपजल ठकुरी प्रथम, निरन तामाङ्ग दोस्रो, सुरज चालिसे र प्रबिन तामाङ्ग तेस्रो
३५-४० मा - अनुश राई प्रथम, राम चन्द्र बोलाखे दोस्रो, प्रबिन के.सी र आयुश बिष्ट तेस्रो
४०-४५ मा - मिलन लामा प्रथम, बिसुब जङ्ग कुँवर दोस्रो, निस्चल तामाङ्ग र बिबेक अधिकारी तेस्रो
४५-५० मा - समीर थापा प्रथम, निमा घिसिङ्ग दोस्रो, क्षितिज तामाङ्ग र अर्पण कार्की तेस्रो
विभिन्न विधाका विजेताहरूलाई वडा नं १, २, ४ र ७ का वडा अध्यक्षहरूसहित अन्य अतिथिहरूले पुरस्कृत गर्नु भएको थियो । प्रतियोगितामा महिला उत्कृष्ट खेलाडी मनिशा तामाङ्ग र पुरुष उत्कृष्ट खेलाडी समीर थापा भएका थिए भने, टिम च्याम्पियनको उपाधी बागमती प्रदेशले हासिल गर्यो भने गण्डकी प्रदेश टिम दोस्रो हुन सफल भयो । उत्कृष्ट खेलाडी र टिम च्याम्पियन र टिम दोस्रोहरूलाई नगर प्रमुखज्यूसहित अन्य अतिथिहरूले पुरस्कृत गर्नु भएको थियो । उत्कृष्ट खेलाडीहरू र टिम दोस्रोलाई ट्रफीसहित नगद रू पाँच हजार र टिम च्याम्पियनलाई ट्रफीसहित नगर रू दस हजार प्रदान गरी सम्मान गरिएको थियो । त्यस्तै प्रतियोगितामा उपस्थित अतिथि, कोच, रेफ्री र स्वयंसेवकहरूलाई मायाको चिनोहरू प्रदान गरिएको थियो ।
पुरस्कार वितरण पछि सम्बोधन गर्नुहुँदै नगर प्रमुखज्यूले विजेता खेलाडीहरूलाई बधाई दिनु हुँदै आगामी दिनमा थप सफलता मिलोस् भन्ने शुभकामना दिनुभयो भने सहभागी खेलाडीहरूलाई सहभागिता आफैमा एक प्रकारको जीत हो, खेलमा हुने हारजीतलाई सामान्य रुपमा लिई आगामी दिनमा थप उत्साह र लगनका साथ खेलमा निरन्तरता दिन हौसला प्रदान गर्नु भयो । साथै, उहाँले महालक्ष्मी नगरपालिकाले आगामी दिनमा पनि खेलाडीहरूलाई आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले खेलाडीहरूको सफलताका पछाडी उनीहरूको अत्मविश्वास, लगनशीलता, खेलप्रतिको साधना, निरन्तर अभ्यासका साथै उनीहरूको कोच, ट्रेनर, परिवार र साथीहरूको पनि उतीकै भूमिका रहने हुँदा नगरप्रमुखज्यूले उहाँहरूलाई पनि बधाई तथा शुभकामना दिनु भयो । विजेता खेलाडीहरूले आगामी दिनमा कुनै किसिमको अहम राख्न नहुने र सधै अनुशासित रहि खेलमा सिकेका कुस्तिको कलालाई खेलामा मात्रै सिमित राख्न आग्रहसमेत गर्नुभयो ।