०७७/७८

संघीय समपुरक अनुदान अन्तर्गत नगरपालिका र संघीय सरकारको लगानीमा स्वीकृत सुन्दर मार्ग - राधाकृष्ण मार्ग सडक निर्माण कार्यको शिल्यान्यास कार्यक्रम ।

मिति २०७७/०४/२७ गते नगरप्रमुख श्री रामेश्वर श्रेष्ठज्यू र ५ नं वडाका वडा अध्यक्ष श्री राजकुमार सिल्वालज्यूद्वारा संघीय समपुरक अनुदान अन्तर्गत नगरपालिका र संघीय सरकारको लगानीमा स्वीकृत सुन्दर मार्ग - राधाकृष्ण मार्ग सडक निर्माण कार्यको शिल्यान्यास गर्नुभयो ।

महालक्ष्मी नगरपालिका ललितपुरको विशेष अनुरोध (०७७ ०४ २७)

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

महालक्ष्मी नगरपालिका ललितपुरको अत्यन्त जरुरी सूचना (०७७ ०४ २७)

वडा नं ९ मा श्रम बैंकमा आबद्ध बेरोजगार श्रमिक मजदुरहरुलाई त्यस वडा अन्तरगतको ढुङ्गीन - विरुवा सडक खण्डमा विभिन्न कार्यहरुमा लगाई राहतका लागि श्रम कार्यक्रम सञ्चालन ।

महालक्ष्मी नगरपालिकाको श्रम बैंक (सार्वजनिक विकास निर्माणमा दैनिक तथा ज्यालादारी मजदुरहरुलाई श्रमसँग जोड्ने योजना) अनुरुप वडा नं ९ मा श्रम बैंकमा आबद्ध बेरोजगार श्रमिक मजदुरहरुलाई त्यस वडा अन्तरगतको ढुङ्गीन - विरुवा सडक खण्डमा तपशिल बमोजिमका कुलाे र सडक ड्रेनहरुको मर्मत तथा सरसफाई कार्यहरुमा लगाई खाद्यान्न उपलब्ध गराइएको छ।
तपशिल
१. संकटमुक्तेश्वर तल भत्किएको बाटोमा जाली भर्ने कार्य
२. झाडी व्यवस्थापन तथा पहिरोले पुरिएको ड्रेन / कुलो खोल्ने कार्य
३. भोट्टारमा ड्रेन/कुलो बनाई पानी कटाउने कार्य
४. गैरीगाउँको ढुंगेधारामा बाढीले थुपारेको ग्राभेल पन्छाई धारा सुचारु गर्ने कार्य

प्रमुख प्रशासकीय अधिकृतज्यूको स्वागत तथा प्रमुख शिक्षा अधिकृतज्यूको विदाई कार्यक्रम

मिति २०७७/०४/२३ गते यस महालक्ष्मी नगरपालिकाका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षता एवम् नगर उपप्रमुख श्री निर्मला थापाज्यूको समुपस्थितिमा हालै लोक सेवा आयोगको खुला प्रतियोगिताबाट नेपाल प्रशासन सेवाको सहसचिव पदमा सिफारिस भई युवा तथा खेलकुद मन्त्रालयमा पदस्थापना हुनु भएका यस नगरपालिकाको प्रमुख शिक्षा अधिकृत पदमा कार्यरत श्री रामवन्धु सुवेदीज्यूको विदाई तथा केही समय पहिले यस नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भई आउनु भएका श्री पुरुषोत्तम सापकोटाज्यूको औपचारिक स्वागत कार्यक्रम सम्पन्न भयो । उक्त स्वागत तथा विदाई कार्यक्रममा नगर प्रमुखज्यू, उपप्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू र विदाई भई जान लाग्नु भएका श्री रामवन्धु सुवेदीज्यूले मन्तव्य राख्नु भएको थियो।

Welcome and Farewell

Pages