रनिङ विल वा अन्तिम विल भुक्तानी माग

सेवा प्रकार:

लाग्ने समय: 
कागजपत्र पुरा भएपछि प्रकृयामा जाने
जिम्मेवार अधिकारी: 
आर्थिक प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालय: 
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 
  1. योजना फरफारक गरिदिने बारेको निवेदन समितिले दिनु पर्ने 
  2. प्राविधिकबाट मुल्याङ्कन भएको कार्य सम्पन्न प्रतिवेदन, नापी किताब
  3. वडा कार्यालयबाट फरफारक गरिदिने बारेको सिफारिस पत्र
  4. खर्चका प्रमाणित बिल भर्पाईहरु
  5. आयोजना सार्वजनिक लेखा परीक्षण फारम
  6. उपभोक्ता समिति/अनुगमन समितिबाट आमभेलाको उपस्थितिमा योजना सम्पन्न भएको व्यहोरा खुलेको खर्चका शिर्षकगत रुपमा अनुमोदन गरेको निर्णयको प्रतिलिपी
  7. रु. तीन लाख भन्दा बढीको योजनाको लागि होर्डिङ बोर्ड  राखिएको फोटो
  8. कार्यसम्पन्न भएका तस्विरहरु
  9. भौतिक पूर्वाधार बाहेकका कार्यक्रमहरुको हकमा कार्यक्रम सम्पन्न प्रतिवेदन
  10. अन्तिम ठेक्का बिल भए अनुगमन समितिको सिफारिस 
गुनासो सुन्ने अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत