कोभिड

असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असायहरुलाई उपलबध गराइने राहत सम्बन्धी मापदण्ड २०७६ को अभिलेख र प्रतिवेदनको ढाँचा

महालक्ष्मी नगरपालिका ललितपुरको विशेष सूचना।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यू को संयोजकत्व र नगर विपद व्यवस्थापन समितिका सदस्यहरुको उपस्थितिमा २०७६|१२|१६ गते बसेको नगर विपद व्यवस्थापन समितिको वैठक

महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यू को संयोजकत्व र नगर विपद व्यवस्थापन समितिका सदस्यहरुको उपस्थितिमा २०७६|१२|१६ गते नगर विपद व्यवस्थापन समितिको वैठक सम्पन्न भयो । सो बैठकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि नगरपालिकाले सम्पदान गर्दै आएका कार्यक्रमहरु र भावी योजनाहरु बारे नगर प्रमुख ज्यूले जानकारी गर्नुभयो। उहाँले KIST हस्पिटलमा ६० आइसोलेसन बेड को व्यवस्था गरिएको जानकारी दिनुभयो। हरेक वडाहरुका मूल सडकहरुमा Disinfection गर्नको लागि महालक्ष्मी नगरपालिकाबाट क्लोरिनको व्यवस्था गरिएको र वडास्तर बाटै डिस्इन्फेक्सन्का कार्यहरु अघि बढाइएको जानकारी दिनुभयो । नगरमा वसोवास गर्ने अनौपचारिक (ज्याला/मज्दुरी) क्षेत्रमा कार्यरतहरु को विवरण सङ्कलन गर्ने कार्य अघि बढाइएको, विदेशबाट आएकाहरु को विवरण संकलन गरिएको र नगरपालिकामा कार्यरत डाक्टरको नेतृत्वमा स्वास्थ्यकर्मीहरुबाट उनीहरुको स्वास्थ्य स्थिति स्क्रिनिङ गरिएको र निर्न्तर सम्पर्कमा रही सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको नगर प्रमुख ज्यूले जानकारी व्यक्त गर्नुभयो। कार्यक्रममा सम्बोधन गर्दै नगर उप-प्रमुख श्री निर्मला थापा ज्युले तालिम प्राप्त महिला समुहहरुबाट मास्क उत्पादन सुरु गरिएको र उत्पादित मास्क जेष्ठ नागरिक, बालबालिका र सिमान्तकृत वर्गहरुलाई लक्षित गरी सिघ्र वितरण गरिने जानकारी दिनुभयो।

महालक्ष्मी नगरपालिका ललितपुरको बजारमा अनियमितता पाइएमा जानकारी गराउने सम्बन्धी सूचना ।

महालक्ष्मी नगरपालिका ललितपुरको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकका अन्य सबै प्रकारका सेवाहरु चैत्र २१ गतेसम्मका लागि स्थगन गरिएको सम्बन्धी सूचना ।

Pages