सेवा प्रकार:
लाग्ने समय:
शैक्षिक सत्र सुरु हुनु भन्दा १ महिना अगावै
जिम्मेवार अधिकारी:
शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख
सेवा दिने कार्यालय:
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क:
कक्षा १ - ८ सम्म रु १०,०००|- कक्षा ९-१२ सम्म रु. २०,०००|-
आवश्यक कागजातहरु:
- विद्यालय अनुमतिका लागि शैक्षिक सत्र सुरु हुनु भन्दा ३ महिना र कक्षा थपका लागि शैक्षिक सत्र सुरु हुनु भन्दा २ महिना अगावै तोकिएको ढाँचामा निवेदन
- सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपी
- सम्बन्धित वडा कार्यालयको सक्कलै सिफारिस
- नजिकका कम्तीमा दुई वटा विद्यालयको सहमतिपत्र
- कक्षा थपको हकमा विद्यालय स्थापनाको अनुमतिपत्रको साथै तल्लो कक्षाको अनुमतिको प्रतिलिपी
- जग्गा वा भवन भाडामा लिने भए कम्तीमा पाँच वर्षको लागि कवुलियतनामाको प्रतिलिपी
- शैक्षिक गुठीको विधानको प्रतिलिपी
- सम्पत्ती कर र घरवहाल कर तिरेको रसिद
- विद्यालय सञ्चालक वा लगानीकर्ताको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र
- विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सेवा सर्त सम्बन्धी विनियमावलीको प्रतिलिपी
गुनासो सुन्ने अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत