विद्यालय अनुमति तथा कक्षा थप

सेवा प्रकार:

लाग्ने समय: 
शैक्षिक सत्र सुरु हुनु भन्दा १ महिना अगावै
जिम्मेवार अधिकारी: 
शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख
सेवा दिने कार्यालय: 
महालक्ष्मी नगरपालिका नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
कक्षा १ - ८ सम्म रु १०,०००|- कक्षा ९-१२ सम्म रु. २०,०००|-
आवश्यक कागजातहरु: 
  1. विद्यालय अनुमतिका लागि शैक्षिक सत्र सुरु हुनु भन्दा ३ महिना र कक्षा थपका लागि शैक्षिक सत्र सुरु हुनु भन्दा २ महिना अगावै तोकिएको ढाँचामा निवेदन
  2. सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपी
  3. सम्बन्धित वडा कार्यालयको सक्कलै सिफारिस
  4. नजिकका कम्तीमा दुई वटा विद्यालयको सहमतिपत्र
  5. कक्षा थपको हकमा विद्यालय स्थापनाको अनुमतिपत्रको साथै तल्लो कक्षाको अनुमतिको प्रतिलिपी
  6. जग्गा वा भवन भाडामा लिने भए कम्तीमा पाँच वर्षको लागि कवुलियतनामाको प्रतिलिपी
  7. शैक्षिक गुठीको विधानको प्रतिलिपी
  8. सम्पत्ती कर र घरवहाल कर तिरेको रसिद
  9. विद्यालय सञ्चालक वा लगानीकर्ताको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्र
  10. विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीको सेवा सर्त सम्बन्धी विनियमावलीको प्रतिलिपी

 

गुनासो सुन्ने अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत