सूचना तथा समाचार

कोभिड -१९ विरुद्धको दोस्रो चरणको खोप अभियानमा दोस्रो मात्रा खोप लगाउन छुट भएकाहरुलाई मौकाको रुपमा खोप लगाउन आउने सम्बन्धी सूचना

 

कोभिड -१९ विरुद्धको दोस्रो चरणको खोप अभियानमा
 दोस्रो मात्रा खोप लगाउन छुट भएकाहरुलाई

मौकाको रुपमा खोप लगाउन आउने सम्बन्धी सूचना

 

कोभिड - १९ विरुद्धको खोप प्रथम चरणमा पहिलो र दोस्रो प्राथमिकताका लक्षित समूहलाई मिति २०७७ माघ १४ गते देखि २०७७ फागुन १० गते सम्म COVISHIELD खोपको पहिलो मात्रा लिई दोस्रो मात्रा मिति २०७८ वैशाख ७ देखि वैशाख ११ सम्म सञ्चालित कार्यक्रममा खोप लगाउन छुट भएकाहरूलाई मौकाको रुपमा खोप लगाउन सबै महानुभावलाई सो खोपको दोस्रो मात्रा लगाईने भएकोले देहाय बमोजिमको खोप केन्द्रमा पहिलो मात्रा खोप लिएको खोप कार्ड सहित खोप लगाउन जानु हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।

 

खोप केन्द्र

पहिलो मात्रा खोप लिएको मिति

दोस्रो मात्रा खोप लगाउन आउने मिति

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

नयाँ भेरियन्ट सहितको कोभिड-१९ः सचेत र सजग रहन महालक्ष्मी नगरपालिकाको अपिल ।

मितिः २०७८/०१/१३

नयाँ भेरियन्ट सहितको कोभिड–१९ : सचेत र सजग रहन अपिल
 

नयाँ भेरियन्ट सहितको कोभिड–१९ महामारी देशभर फैलिरहेकाले यसबाट सचेत र सजग रहन नगरबासी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक अपिल गर्दछु । छिमेकी भारतमा नयाँ भेरियन्ट सहितको कोभिड–१९ सामान्य भाइरसभन्दा ७० प्रतिशत बढी संक्रामक रहेको चिकित्सकहरुको अनुसन्धानबाट पुष्टि भएको बताइएको छ । मृत्युदरका हिसाबले पनि ‘नयाँ भेरियन्ट’ पहिलेको भन्दा घातक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । नयाँ प्रजातिको भाइरसको जोखिम बढिरहेकाले सचेत र सजग रहँदै निम्न सावधानीहरु अपनाउन नगरबासीमा अपिल गर्दछु ।

१. आफू पनि संक्रमित हुन सक्छु ठानेर स्वास्थ्य सावधानी, सजगता अपनाउनुहुन ।

२. स्वास्थ्यका न्यूनतम मापदण्डहरु (भौतिक दूरी कायम गर्ने, भीडभाडमा नजाने, नियमित साबुन पानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्ने, सही तरिकाले मास्कको नियमित प्रयोग गर्ने) अनिवार्यरुपमा पालना गर्न गराउनुहुन ।

३. शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)मा भौतिक रुपमा उपस्थित नभई भर्चुअल माध्यमबाट वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्नुहुन ।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

निर्णय कार्यान्वयन गर्नु गराउनुहुन (श्री सामुदायिक, संस्थागत र गुठीद्वारा सञ्चालित विद्यालयहरू सबै र पूर्व प्राथमिक समेत)

श्री सबै सामुदायिक, संस्थागत तथा गुठीद्वारा सञ्चालित विद्यालयहरु (पूर्व प्राथमिक विद्यालयहरुसमेत),

महालक्ष्मी नगरपालिका, ललितपुर । 

प्रस्तुत विषयमा कोभिड १९ को दोस्रो चरणको सङ्क्रमण बढ्दै गइरहेको र यसले प्रभावित हुनेको सङ्ख्यामा विशेषत बालबालिकाहरुको सङ्क्रमण बढ्दो गतिमा देखिएकोले नगर शिक्षा समितिको मिति २०७८/०१/०५ को निर्णयानुसार भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने/नगर्ने सन्दर्भमा निम्न बमोजिमको निर्णय भएकोले उक्त निर्णय कार्यान्वयन गर्नु गराउनुहुन अनुरोध छ । 

 निम्न

१.      मिति २०७८/०१/०६ गतेबाट बैसाख मसान्तसम्म विद्यालयहरु भौतिक रुपमा कक्षा सञ्चालन नगरी अन्य वैकल्पिक माध्यमबाट शिक्षण गर्ने ।

२.     कक्षा ८ र १० पूर्व निर्धारित Pre-Test स्वास्थ्य सुरक्षाका सबै मापदण्ड कडाइकासाथ पालना गरेर मिति २०७८/०१/१५ भित्रमा सम्पन्न गर्नुपर्ने ।

३.     स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेको/नगरेको सम्बन्धमा यस कार्यालयबाट नियमित अनुगमन निरीक्षण हुनेछ ।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

महालक्ष्मी नगरपालिकाका प्रमुखको विशेष अपिल । "लकडाउनको एक वर्षः कोरोना महामारीमुक्त भएका छैनौँ।"

मितिः २०७७/१२/११

महालक्ष्मी नगरपालिकाका प्रमुखको अपिल

लकडाउनको एक वर्षः कोरोना महामारीमुक्त भएका छैनौं’

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ । सरकारले ठीक एक वर्षअघि चैत ११ देखि एक साताका लागि लकडाउन गरेको थियो । त्यस पछि पटक–पटक गरेर देशव्यापी रूपमा गरिएको लकडाउन चार महिनापछि अन्त्य भएको थियो । लकडाउन अन्त्य भए पनि प्रदेश, जिल्ला र स्थानीय तहमा अलग–अलग रूपमा निषेधाज्ञा र लकडाउन गरिएको थियो ।

छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा समेत त्रास बढेको छ । गत वर्ष पनि भारतमा संक्रमण फैलदा त्यसको असर तत्कालै नेपालमा परेको थियो । पुनः भारतमा संक्रमण वृद्धि भएसँगै नेपालमा सतर्कता अपनाउन जरुरी छ । सबै सरकारी तथा गैर सरकारी कार्यालय, विश्वविद्यालय,  विद्यालय, कलकारखाना र सार्वजनिक सवारी साधनमा धेरैभन्दा धेरै स्वास्थ्य सुरक्षा सावधानी अपनाउनुपर्ने देखिन्छ । सबै नागरिकले आफ्नो कर्तव्य सम्झिएर जनस्वास्थ्य मापदण्ड पालना गर्न जरुरी छ ।

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

Pages