महालक्ष्मी नगरपालिका ललितपुरको आधारभूत तहको परीक्षामा सातै वटा परीक्षा केन्द्रमा राखिएको हेल्थ डेस्क

महालक्ष्मी नगरपालिका ललितपुरले फागुन २९ गते देखि २०७६ को आधारभूत तह (कक्षा ८) को नगरस्तरीय परीक्षा सञ्चालन गरिरहेको छ। राष्ट्रिय पाठ्यक्रम प्रारुप, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित शिक्षा ऐन नियमावलीवमोजिम कक्षा ८ को परीक्षा एस. ई. ई परीक्षाको मापदण्ड, वैधता, विश्वसनीयता स्तरीयता र प्रमाणिकतालाई अनुशरण गर्नुपर्ने हुन्छ । सोही वमोजिम नगरभित्रका सामुदायिक र संस्थागत गरी कूल ४६ वटा विद्यालयहरुका १८४० विद्यार्थीहरु सम्मिलित रहेको सो परीक्षा कुल ७ वटा परीक्षा केन्द्रहरु तय गरिएको छ । प्रश्नपत्र निर्माण भण्डारण, लगायत उत्तरपुस्तिका कोडिङ-डिकोडिङ, लगायतका स्तरीकृत परीक्षण सम्पूर्ण मापदण्डहरुको पूर्ण पालना गरिएको छ।
परीक्षार्थीहरुमा रहेको कोरोना भाइरसको त्राश हटाउनका लागि तथा स्वास्थ्य समस्या पहिचान गरी समाधान गर्नका लागि हरेक परीक्षा केन्द्रहरुमा मेडिकल डाक्टरको नेतृत्वमा ३ जना स्वास्थ्यकर्मीहरु रहेको हेल्थ डेस्कको व्यवस्था गरिएको छ। जहाँ आवश्यक अत्याधुनिक उपकरणहरु जस्तै लेजर थर्मोमिटर, अक्सिमिटर, आदि र औषधीहरु व्यवस्था गरिएको छ। साथै, हरेक विद्यार्थीलाई एक-एक वटा पुन प्रयोग गर्न मिल्ने मास्क समेत उपलब्ध गराइएको छ। त्यसैगरी हरेक परीक्षा केन्द्रमा तातो पानी, सावुनसहितको हात धुने ठाउँको व्यवस्था र हेल्थ डेस्कमा सानिटाइजरको व्यवस्था, रुघा खोकी लागेका विद्यार्थीहरु भए छुटै कोठामा परीक्षा लिने व्यवस्था तथा कुनै विद्यार्थीको स्वास्थ्यमा जटिलता देखिए तत्कालै हस्पिटल पुर्याउने सम्मको पनि सम्पूर्ण व्यवस्था गरिएको छ।