निर्णय कार्यान्वयन गर्नु गराउनुहुन (श्री सामुदायिक, संस्थागत र गुठीद्वारा सञ्चालित विद्यालयहरू सबै र पूर्व प्राथमिक समेत)

श्री सबै सामुदायिक, संस्थागत तथा गुठीद्वारा सञ्चालित विद्यालयहरु (पूर्व प्राथमिक विद्यालयहरुसमेत),

महालक्ष्मी नगरपालिका, ललितपुर । 

प्रस्तुत विषयमा कोभिड १९ को दोस्रो चरणको सङ्क्रमण बढ्दै गइरहेको र यसले प्रभावित हुनेको सङ्ख्यामा विशेषत बालबालिकाहरुको सङ्क्रमण बढ्दो गतिमा देखिएकोले नगर शिक्षा समितिको मिति २०७८/०१/०५ को निर्णयानुसार भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने/नगर्ने सन्दर्भमा निम्न बमोजिमको निर्णय भएकोले उक्त निर्णय कार्यान्वयन गर्नु गराउनुहुन अनुरोध छ । 

 निम्न

१.      मिति २०७८/०१/०६ गतेबाट बैसाख मसान्तसम्म विद्यालयहरु भौतिक रुपमा कक्षा सञ्चालन नगरी अन्य वैकल्पिक माध्यमबाट शिक्षण गर्ने ।

२.     कक्षा ८ र १० पूर्व निर्धारित Pre-Test स्वास्थ्य सुरक्षाका सबै मापदण्ड कडाइकासाथ पालना गरेर मिति २०७८/०१/१५ भित्रमा सम्पन्न गर्नुपर्ने ।

३.     स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेको/नगरेको सम्बन्धमा यस कार्यालयबाट नियमित अनुगमन निरीक्षण हुनेछ ।

४.     सङ्क्रमणको दर फैलदै गएमा आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) को अन्तिम परीक्षा तथा अन्य वार्षिक परीक्षाहरु विद्यार्थीहरुलाई दिइएको परियोजना कार्यको मूल्याङ्कन, यस अघि लिएको परीक्षाहरुको औषत अंक अथवा सम्भव भए अनलाइन माध्यमबाट मूल्याङ्कन गर्ने गरी उक्त कार्यको तयारीसमेत गर्नुहुन अनुरोध छ । 

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document):