महालक्ष्मी नगरपालिका,ललितपुर को आधिकारिक वेबसाईटमा तपाईलाई स्वागत छ ।

समाचार (Flash News)

संक्षिप्त परिचय

महालक्ष्मी नगरपालिका

पृष्ठभूमीः

संघीय नेपालको बागमति प्रदेश अन्तर्गत काठमाडौं उपत्यकाको प्रसिद्ध तीन शहरहरु मध्ये ललितपुर जिल्लाको उत्तर पूर्व तर्फ महालक्ष्मी नगरपालिका अवस्थित छ । साविकका ५ गाविसहरु ईमाडोल, टिकाथली, सिद्धिपुर, लुभु र लामाटार समेटेर मिति २०७१ मंसिर १६ बाट यो नगरपालिका बनेको हो । ऐतिहासिक रुपमा हेर्दा पुरानो लुभु र सिद्धिपुर जस्ता साना शहरहरु नेवार संस्कृतिको नमुनाको रुपमा रहेका छन् । त्यसैगरी ईमाडोलमा रहेको अशोक स्तुपा, लुभुमा रहेको महालक्ष्मीको मन्दिर यस नगरका सम्पदा हुन् ।

नामाकरणः

यस महालक्ष्मी नगरपालिकाको हालको वडा नं. ८, लुभुमा रहेको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको महालक्ष्मी मन्दिरको नामबाट यस नगरको नामाकरण गरिएको छ । जनश्रुति अनुसार प्राचिन कालमा श्री पार्वतीले चतुषष्ठि लिङ्ग यात्राका क्रममा गौश्रृङ्ग तीर्थमा स्नान गरी गोभ्राटेश्वर देगः  महादेवको दर्शन गरेको, श्रृङ्गी ऋषिले सिस्नेरी गुफामा बसेर तपस्या गर्दा श्रीमहालक्ष्मी र श्रीभैरवको उत्पत्ति गुण्डुमा भई पछि साधना गरेर ल्याई देविस्थानमा स्थापना गरेको र फेरि लुभुको लाछीमा स्थापना गरिएको बताईन्छ । अर्को जनश्रृति अनुसार घाँसीहरु घाँस काट्न हलको देविस्थान चौरमा पुग्दा धेरै देवदेवीहरु पंक्तिवद्ध रुपमा उभिएर नृत्य गरिरहेको देखेपछि सो दृश्य हेर्न गाउँलेहरुलाई बोलाए । तर गाउँले त्यहाँ पुग्दा देवताहरु ढुङ्गाको मुर्तिमा परिणत भएका थिए । त्यसपछि गाउँलेले ति ढुङ्गाको मुर्तिहरुलाई श्रीमहालक्ष्मी र आकाशभैरव गणका रुपमा पूजागरी आफ्नो ईष्टदेवीको रुपमा अर्चना गरेको पाईन्छ । महालक्ष्मी मन्दिर उपत्यकाका नौ वटा शक्तिपीठ मध्येको एक रहेको प्रष्ट पार्छ । महालक्ष्मीलाई ऐश्वर्य र समृद्धिकी देवीको रुपमा मानिने भएकोले नगर पनि ऐश्वर्य र समृद्धिले भरिभराउहोस् भन्ने उद्देशयले यस नगरपालिकाको नामाकरण महाक्ष्मी नगरपालिका गरिएको देखिन्छ ।

अवस्थितिः (सिमाना):

करिव २६.५ वर्ग कि.मी. मा पूर्व पश्चिम लाम्चो आकारमा फैलिएको यो नगरपालिका पूर्वमा काभ्रेपलाञ्चोक जिल्लाको मानेदोभान, दक्षिण र पश्चिममा ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकासँगको सिमाना कर्मनाशा खोलाले छुट्याएको, उत्तरमा भक्तपुर जिल्लो मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिकासँग जोडिएको छ । काठमाडौं उपत्यका प्रवेश गर्न वैकल्पिक मार्गको रुपमा विकास हुँदै गरेको ग्वार्को-लुभु-लामाटार-मानेदोभान-पनौति हुदै वि. पि. लोकमार्गको नेपालथोक जोड्ने सडक यस नगरपालिकाको करिव मध्य भाग भएर  गएको कारणले पनि यस नगरपालिकाको विकासको अधिक सम्भावना रहेको छ ।

थप विवरण

 

 

महालक्ष्मी नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा राहत प्रदान कार्यका लागि प्राप्त गरेको सहयोगहरुको विवरण

महालक्ष्मी नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा राहत प्रदान कार्यका लागि प्राप्त गरेको सहयोगहरुको विवरण
क्र. सं. सहयोग गर्ने व्यक्ति वा संस्थाको विवरण सहयोग प्राप्त मिति सहयोगको किसिम जिन्सि सहयोग विवरण नगद सहयोग विवरण
नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला (महालक्ष्मी) २०७६|१२|२३ जिन्सि एक सय बोरा चामल (प्रति बोरा २५ के जी, एक सय लिटर खानेतेल, एक सय केजी नुन, एक सय केजी दाल, १०० पाकेट साबुन  
महालक्ष्मी नगरपालिका वडा नं १ मा अवस्थित श्री कृष्ण प्रणामी मूल मन्दिर संचालक समिति २०७६|१२|२५ नगद   रु ५१,१११ (अक्षरुपी रु एकाउन्न हजार एक सय एघार मात्र)
शहरी वातावरण व्यवस्थापन समाज (UEMS) २०७६|१२|२५ नगद ब्लिचिंग पाउडर (१५० के.जी) रु १,००,००० ( अक्षरुपी रु. एक लाख मात्र)
ललितपुर उद्योग वाणिज्य संघ केन्द्र बाट ललितपुर उद्योग वाणिज्य संघ शाखा नं २ मार्फत २०७६|१२|२६

महालक्ष्मी नगरपालिका, ललितपुरको कोभिड-१९ संक्रमण सम्बन्धी संक्षिप्त जानकारी । (अद्यावधिक मिति : २०७७/०६/०२)

महालक्ष्मी नगरपालिका ललितपुरको अत्यन्त जरुरी सूचना (०७७ ०५ ३०)

Pages