महालक्ष्मी नगरपालिकाको आठौं नगरसभा सम्पन्न ।

महालक्ष्मी नगरपालिकाको आठौं नगरसभा समपन्न भएको छ ।

आठौं नगरसभाको पहिलो दिन :
मिति २०७७/०३/०८ गते बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति एवम् प्रदेश सभा सदस्य मा. माधवप्रसाद पौडेलज्यूको प्रमुख आतिथ्यमा महालक्ष्मी नगरपालिका ललितपुरको आठौं नगरसभाको पहिलो र दोस्रो बैठक सम्पन्न भएको छ । नगर उपप्रमुख श्री निर्मला थापाज्यूको अध्यक्षतामा बसेको पहिलो बैठकमा नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले महालक्ष्मी नगरपालिकाको आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । त्यसै गरी नगर प्रमुखज्यूको अध्यक्षतामा बसेको दोस्रो बैठकमा नगर उपप्रमुखज्यूले महालक्ष्मी नगरपालिकाको न्यायिक समितिको वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।
महालक्ष्मी नगरपालिकाको आठौं नगरसभाको पहिलो र दस्रो वैठकका केही झलकहरु । ( पुरै एल्बम हेर्न यहाँ क्लिक गर्नुहोला)

आठौं नगरसभाको दोस्रो दिन :
मिति २०७७/०३/०९ गते महालक्ष्मी नगरपालिका ललितपुरको आठौं नगरसभाको तेस्रो र चौथो बैठक सम्पन्न भएको थियो । नगर उपप्रमुख श्री निर्मला थापाज्यूको अध्यक्षतामा बसेको पहिलो बैठकमा नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले पेस गर्नुभएको महालक्ष्मी नगरपालिकाको आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम निर्णयार्थ पेस भई सर्वसम्मतिले पास भयो । त्यसै गरी नगर प्रमुखज्यूको अध्यक्षतामा बसेको दोस्रो बैठकमा नगर उपप्रमुखज्यूले आ.व २०७७/०७८ को आय व्यय विवरण (बजेट) र महालक्ष्मी नगरपालिकाको आर्थिक विधेयक, २०७७ सभा समक्ष पेश गर्नुभयो ।
महालक्ष्मी नगरपालिकाको आठौं नगरसभाको तेस्रो र चौथो बैठकका केही झलकहरु ।  (पुरै एल्बम हेर्न यहाँ क्लिक गर्नुहोला)

आठौं नगरसभाको तेस्रो दिन :
मिति २०७७/०३/१० गते प्रतिनिधि सभा सदस्य मा. कृष्णलाल महर्जनज्यूको प्रमुख आतिथ्यता र बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति एवम् प्रदेश सभा सदस्य मा. माधवप्रसाद पौडेलज्यूको विशेष आतिथ्यता र नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षतामा महालक्ष्मी नगरपालिका ललितपुरको आठौं नगरसभाको पाचौं बैठक सम्पन्न भयो । सो बैठकमा नगर उपप्रमुख श्री निर्माला थापाज्यूद्वारा प्रस्तुत आ.व. २०७७/०७८ को आय व्यय विवरण (बजेट) निर्णयार्थ पेस भई सर्वसम्मतिले पारित गरियो । त्यसै गरी आजको बैठकमा विनियोजन विधेयक, २०७७ निर्णयार्थ पेस भई सर्वसम्मतिले पारित गरियो । सभा सदस्य श्री नकुल थापाज्यूले सातौं नगरसभा पछि कार्यपालिकाले गरेका निर्णयहरु सभा समक्ष पेश गर्नुभयो र सभा मार्फत सो निर्णयहरु अनुमोदन गरियो । उपस्थित माननीयहरुको विशेष सम्बोधन पश्चात सभाध्यक्ष नगर प्रमुखज्यूले आठौं नगरसभा सम्पन्न भएको घोषणा गर्नुभयो ।
महालक्ष्मी नगरपालिकाको आठौं नगरसभाको पाचौं बैठकका केही झलकहरु ।  (पुरै एल्बम हेर्न यहाँ क्लिक गर्नुहोला)