महालक्ष्मी नगरपालिका, ललितपुर र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) का बीचमा “खाद्य हरियाली सहर (Food Green City)” परियोजना सम्बन्धमा ५ वर्षका लागि दुई पक्षीय समझदारी ।

२०७७ साल फागुन १३ गते महालक्ष्मी नगरपालिका, ललितपुर र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) का बीचमा “खाद्य हरियाली सहर (Food Green City)” परियोजना सम्बन्धमा ५ वर्षका लागि दुई पक्षीय समझदारी भएको छ । समझदारी पत्रमा नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ र NAST का उपकुलपति डा. सुनिलवावु श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा नगरप्रमुख रामेश्वर श्रेष्ठ र उपकुलपति डा. सुनिलवावु श्रेष्ठबाट खाद्य हरियाली सहर परियोजना सञ्चालन सम्बन्धी दुई पक्षबीच भएको समझदारीबाट पुग्ने लाभ एवम् यसमा दुवै पक्षले पुर्याउनु पर्ने योगदानको बारेमा चर्चा गर्नु भएको थियो भने सचिव श्री महेश्वर कुमार अधिकारी र प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटाले शुभकामना तथा प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा NAST का प्रमुख वैज्ञानिक डा. कान्ति श्रेष्ठ, योजना तथा अनुगमन शाखा तथा प्रवर्धन शाखाका प्रमुख र महालक्ष्मी नगरपालिकाको वडा नं १, २, ३, ४, ६, ८ र ९ का वडाध्यक्षहरू, नगरपालिकाको विभिन्न शाखाको प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्री चिरञ्जीवी पौडेलले गर्नु भएको थियो । यस कार्यक्रम अन्तरगत विद्यालय तथा समुदायमा अर्गानिक खाद्य हरियाली कार्यक्रमको नमूना कार्यक्रम कार्यान्वयन तथा अनुसन्धान हुनेछ । यस कार्यक्रमबाट नगरपालिकाले लिएको कृषिमा व्यवसायिकरण, विविधिकरण एवम् वैज्ञानिकीकरण गर्ने नीतिमा सहयोग पुग्ने विश्वास गरिएको छ ।