Unite To Fight Against Corona Virus Covid-19
Unite To Fight Against Corona Virus Covid-19
यस नगरपालिका क्षेत्रभित्र २०७१ साल मंसिर १६ गते भन्दा अगाडि नक्सा पास नभई निर्माण भएका भवन तथा साविकका गा.वि.स.वाट भवन निर्माण सम्बन्धी मापदण्ड, २०६४ र भवन संहिता, २०६० अनुसार नक्सापास गरी निर्माण नभएका भवनहरुको अभिलेखिकरण गर्ने प्रयोजनका लागि नगरपालिकावाट तोकिएको ढाँचाको आवेदन फर्म भरी तोकिएकै कागजात सहित २०७३ साल भाद्र मसान्तभित्र आवेदन पेश गर्न प्रथम पटक मिति २०७३ श्रावण २१ गते राजधानी दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरिएकोमा अधिकांश निर्मित भवनको अभिलेखीकरण दर्ता छुट भएको भनी सम्बन्धीत सरोकारवालाहरुको माग भई आएकोले मिति २०७३ कार्तिक मसान्तसम्म सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ । म्याद नाघि आएका र तोकिएका कागजात संलग्न नगरिएका आवेदनहरु उपर अभिलेखिकरण सम्बन्धि कार्य नगरिने व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ ।