महालक्ष्मी नगरपालिका
महालक्ष्मी नगरपालिका
मिति २०७८ भाद्र ०८ गते खाद्य हरियाली शहर कार्यक्रम अन्तर्गत वृक्षारोपण कार्यक्रम नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षतामा र NAST का उपकुलपति डा. सुनिलवावु श्रेष्ठको विशेष आतिथ्यतामा म.न.पा-८ स्थित श्री विश्वामित्र गणेश मा.वि. परिसर र वडा नं ८ को सामुदायिक वनमा सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा, वडा नं ८ का वडा अध्यक्ष श्री विश्वराज श्रेष्ठ, NAST का सचिव डा. महेश अधिकारी, वरिष्ठ वैज्ञानिक डा. कान्ति श्रेष्ठलगायत नाष्टका प्रतिनिधिहरु, विश्वामित्र गणेश मा.वि वि.व्य.स.का अध्यक्ष, प्रधानाध्यापक, सामुदायिक वनका अध्यक्ष, नगरपालिकाका कृषि शाखा प्रमुख सहितका कर्मचारी तथा स्थानीय समाजसेवी तथा बुद्धिजिवीहरूको उपस्थिति रहेको थियो । वृक्षारोपणका क्रममा खाद्य सुरक्षालाई टेवा पुर्याउने फलफूलका विरूवाहरू अम्बा, सुन्तला, कागती, एभोकाडो, केरा र नास्पाति लगायतका विरूवा रोपिएको थियो ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले NAST र महालक्ष्मी नगरपालिकाबीच २०७७ फाल्गुन १३ मा खाद्य हरियाली शहर परियोजना सम्बन्धी समझदारी गरिनुको मुख्य उद्देश्यहरू, हालसम्म भएका कार्यहरू र आगामी दिनमा हुने कार्यक्रमहरूमाथि प्रकाश पार्नुभयो । उहाँले नगरभित्रका हरेक घरमा कम्तिमा दुई वटा वृक्ष रोपिनुपर्ने र त्यस मध्ये कम्तिमा एक फलको वृक्ष हुनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी, कार्यक्रममा नाष्टका तर्फबाट डा. सुनिलबाबु श्रेष्ठले कार्यक्रमको सफलताको कामना सहितको मन्तब्य राख्नु भएको थियो ।