कोभिड

महालक्ष्मी नगरपालिका अन्तर्गत व्यापार गरिरहनु भएका सम्पूर्ण व्यवसायीहरुका लागि अत्यन्त जरुरी सूचना !

महालक्ष्मी नगरपालिका ललितपुरको आधारभूत तहको परीक्षामा सातै वटा परीक्षा केन्द्रमा राखिएको हेल्थ डेस्क

महालक्ष्मी नगरपालिका ललितपुरले फागुन २९ गते देखि २०७६ को आधारभूत तह (कक्षा ८) को नगरस्तरीय परीक्षा सञ्चालन गरिरहेको छ। राष्ट्रिय पाठ्यक्रम प्रारुप, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित शिक्षा ऐन नियमावलीवमोजिम कक्षा ८ को परीक्षा एस. ई. ई परीक्षाको मापदण्ड, वैधता, विश्वसनीयता स्तरीयता र प्रमाणिकतालाई अनुशरण गर्नुपर्ने हुन्छ । सोही वमोजिम नगरभित्रका सामुदायिक र संस्थागत गरी कूल ४६ वटा विद्यालयहरुका १८४० विद्यार्थीहरु सम्मिलित रहेको सो परीक्षा कुल ७ वटा परीक्षा केन्द्रहरु तय गरिएको छ । प्रश्नपत्र निर्माण भण्डारण, लगायत उत्तरपुस्तिका कोडिङ-डिकोडिङ, लगायतका स्तरीकृत परीक्षण सम्पूर्ण मापदण्डहरुको पूर्ण पालना गरिएको छ।

महालक्ष्मी नगरपालिकाको आधारभुत तह परीक्षामा सामेल हुने विद्यार्थीहरुका लागि समुदायिक विकास केन्द्र द्वारा मास्क हास्तान्तरण

महालक्ष्मी नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सामुदायिक विकास केन्द्रका अध्यक्ष बाबुराम कोइरालाले नगरप्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यूलाई मास्क हस्तान्तरण गर्नुभयो। कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख ज्यूले नगरस्तरीय आधारभूत तहको परीक्षामा सामेल बिद्यार्थीहरुलाई तातोपानी पिउने ब्यवस्था गरिएको, स्वास्थ्य सम्बन्धी समस्या हुन नदिन ७ बटै परीक्षा केन्द्रमा सुविधा सम्पन्न ‘हेल्थ डेस्क' स्थापना गरिएको र शिक्षामा गरिने लगानी दीर्घकालीन भएकोले सामुदायिक बिद्यालयलाई प्राविधिक धारमा लैजाने प्रयास भैरहेको जस्ता जानकारी दिनुभयो। साथै, नगरपालिकाको अभियानमा सघाउ पुर्याएको भन्दै उहाँले मास्क उपलब्ध गराउने संस्थाप्रति आभार ब्यक्त गर्नु भयो।

उच्च सतर्कता अपनाउने सम्बन्धमा

यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document): 

Pages