प्रमुख प्रशासकीय अधिकृतज्यूको स्वागत तथा प्रमुख शिक्षा अधिकृतज्यूको विदाई कार्यक्रम

मिति २०७७/०४/२३ गते यस महालक्ष्मी नगरपालिकाका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षता एवम् नगर उपप्रमुख श्री निर्मला थापाज्यूको समुपस्थितिमा हालै लोक सेवा आयोगको खुला प्रतियोगिताबाट नेपाल प्रशासन सेवाको सहसचिव पदमा सिफारिस भई युवा तथा खेलकुद मन्त्रालयमा पदस्थापना हुनु भएका यस नगरपालिकाको प्रमुख शिक्षा अधिकृत पदमा कार्यरत श्री रामवन्धु सुवेदीज्यूको विदाई तथा केही समय पहिले यस नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भई आउनु भएका श्री पुरुषोत्तम सापकोटाज्यूको औपचारिक स्वागत कार्यक्रम सम्पन्न भयो । उक्त स्वागत तथा विदाई कार्यक्रममा नगर प्रमुखज्यू, उपप्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू र विदाई भई जान लाग्नु भएका श्री रामवन्धु सुवेदीज्यूले मन्तव्य राख्नु भएको थियो।

Welcome and Farewell