Home » महालक्ष्मी नगरपालिकाद्वारा आयोजित नोबेल कोरोना भाइरस (Covid-19) सम्बन्धि अभिमुखिकरण कार्यक्रम
महालक्ष्मी नगरपालिकाद्वारा आयोजित नोबेल कोरोना भाइरस (Covid-19) सम्बन्धि अभिमुखिकरण कार्यक्रम
कोरोना भाइसले आमनागरिकमा भ्रम फैलाई जनमानसमा त्रास बढ्न थालेपछि नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यूको अगुवाइमा महालक्ष्मी नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायका बारेमा ब्रोसर निर्माण गरी सर्वसाधारणलाई सचेत बनाउने अभियान सञ्चालन गरेको छ।
नोबेल कोरोना भाइरस सम्बन्धि अभिमुखिकरण कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यूले सार्वजनिक स्थानमा हिँड्डुल गर्दा मास्कको प्रयोग गर्ने, पटक पटक राम्रोसँग साबुन पानीले हात धुने, सकेसम्म भिडभाडबाट जोगिने, खोक्दा र हाछिऊ गर्दा मुख छोप्ने, कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्ष्यण देखिए चिकित्सकको परामर्श लिने जस्ता सुझाव व्यक्त गर्नुभयो
कोरोना सम्बन्धी जनचेतना भन्दा त्रास धेरै फैलिएकोले नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यूको आह्वानमा नगरभित्रका घरघरमा पुगेर स्वास्थ्य कार्यालयका चिकित्सक तथा नर्सले परामर्श दिँदै आएका छन्।