श्री सबै सामुदायिक, संस्थागत तथा गुठीद्वारा सञ्चालित विद्यालयहरु (पूर्व प्राथमिक विद्यालयहरुसमेत),
महालक्ष्मी नगरपालिका, ललितपुर ।
प्रस्तुत विषयमा कोभिड १९ को दोस्रो चरणको सङ्क्रमण बढ्दै गइरहेको र यसले प्रभावित हुनेको सङ्ख्यामा विशेषत बालबालिकाहरुको सङ्क्रमण बढ्दो गतिमा देखिएकोले नगर शिक्षा समितिको मिति २०७८/०१/०५ को निर्णयानुसार भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने/नगर्ने सन्दर्भमा निम्न बमोजिमको निर्णय भएकोले उक्त निर्णय कार्यान्वयन गर्नु गराउनुहुन अनुरोध छ ।
निम्न
१. मिति २०७८/०१/०६ गतेबाट बैसाख मसान्तसम्म विद्यालयहरु भौतिक रुपमा कक्षा सञ्चालन नगरी अन्य वैकल्पिक माध्यमबाट शिक्षण गर्ने ।
२. कक्षा ८ र १० पूर्व निर्धारित Pre-Test स्वास्थ्य सुरक्षाका सबै मापदण्ड कडाइकासाथ पालना गरेर मिति २०७८/०१/१५ भित्रमा सम्पन्न गर्नुपर्ने ।
३. स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेको/नगरेको सम्बन्धमा यस कार्यालयबाट नियमित अनुगमन निरीक्षण हुनेछ ।
यस सूचनासँग सम्बन्धीत कागजात (Supporting Document):