कृष्ण मन्दिर - टिकाथली हुँदै चाङ्गाथली जोड्ने मूल सडकको गोदावरी खोलामा पुल निर्माणको Beam, Slab ढलान कार्यको नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूद्वारा अनुगमन

महालक्ष्मी नगरपालिका ललितपुरको नगरस्तरीय योजना अन्तर्गत कृष्ण मन्दिर - टिकाथली हुँदै चाङ्गाथली जोड्ने मूल सडकको गोदावरी खोलामा पुल निर्माणको Beam, Slab ढलान कार्यको नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले अनुगमन गर्नुभएको छ। उहाँले बाँकी निर्माण कार्य समयमै सम्पन्न गरी पुल सुचारु गर्न आवश्यक निर्देशन दिनुभएको थियो।

उक्त पुल निर्माणको विभिन्न चरणमा नगर प्रमुखज्यू, नगर उपप्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षज्यूहरु र जनप्रतिनिधिज्यूहरुको साथै नगरपालिकाको कर्मचारीहरूले नियमित अनुगमन गर्नुका साथै आवश्यक निर्देशनहरू दिनुभएको थियो।