प्रमुख प्रशासकिय अधिकृत श्री लक्ष्मीप्रसाद रेग्मी ज्यूको विदाई कार्यक्रम ।

महालक्ष्मी नगरपालिका ललितपुरमा २०७५|०५|०४ गते देखि प्रमुख प्रशासकिय अधिकृत पदमा कार्यरत रही राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा हुनु भएका श्री लक्ष्मीप्रसाद रेग्मी ज्यूको विदाईमा नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यूको अध्यक्षता र नगर उप-प्रमुख श्री निर्मला थापा ज्यू, कार्यपालिकाको सदस्यहरु र सम्पूर्ण कर्मचारीहरुको सहभागितामा मिति २०७६|१२|०४ गते महालक्ष्मी नगरपालिकाको कार्यालयमा विदाई कार्यक्रम आयोजन गरियो। विदाई भएर जानुभएका प्रमुख प्रशासकिय अधिकृत ज्यूको सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगति र वृत्ति विकासको शुभकामना व्यक्त गर्दै नगर प्रमुख ज्यू, उप-प्रमुख ज्यू, सबै वडा अध्यक्षहरुको प्रतिनिधित्व गर्दै वडा नं. १ का वडा अध्यक्ष ज्यू तथा प्रमुख शिक्षा अधिकृत ज्यूले आफ्नो मन्तव्य राख्नु भयो ।