महालक्ष्मी नगरपालिका,ललितपुर को आधिकारिक वेबसाईटमा तपाईलाई स्वागत छ ।

समाचार (Flash News)

२०७७|०५|०८ गते ३ नं वडा कार्यालय परिसरमा गरिएको PCR test कार्यक्रम ।

महालक्ष्मी नगरपालिका ललितपुरको नेतृत्व, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) को सहयोग र स्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा यस नगर क्षेत्रभित्रका कोरोना संक्रमितहरुको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुको २०७७|०५|०८ गते ३ नं वडा कार्यालय परिसरमा PCR test कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा जम्मा २३८ जना क्लोज कन्ट्याक्टहरुको थ्रोट स्वाब नमुना संकलन भएको हो । उक्त संकलित २३८ थ्रोट स्वाब नमुनाहरु रीयल टाईम पि. सि. आर. परीक्षण पद्धतिद्वारा परीक्षण गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, काठ्माडौं पठाइएको छ । कार्यक्रममा नगर उपप्रमुख श्री निर्मला थापाज्यू र वडा अध्यक्षज्यूहरुका साथै अन्य जनप्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।
यस्ता कार्यक्रमले संक्रमितको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुलाई परीक्षणको दायरमा ल्याउन र उनीहरुमा रहेको संका-उपसंका हटाउन मदत गर्ने साथै समुदायस्तरमा संक्रमण फैलन सक्ने सम्भाव्यता कम गर्ने विश्वास नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले व्यक्त गर्नुभएको छ । साथै, उहाँले आगामी दिनमा पनि कोरोना संक्रमण नियन्त्रणका लागि यस नगर क्षेत्रभित्र PCR test गरिने जानकारी दिनुभयो ।

PCR Test in Mahalaxmi Municipality Lalitpur