नगर विपद व्यवस्थापन समितको कोभिड-१९ कोरोना भईरस संक्रमण रोकथाम र पूर्वतयारीका विषयमा बसेको बैठक ।

महालक्ष्मी नगरपालिका ललितपुरको नगर विपद व्यवस्थापन समितिका संयोजक एवं नगरप्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यूको अध्यक्षता तथा माननीय श्री माधव पौडेल ज्यूको विशेष आतिथ्यता र समितिका सदस्यहरुको उपस्थितिमा नगर विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भयो। सो बैठकमा कोभिड-१९ कोरोना भईरस संक्रमण रोकथाम र पूर्वतयारीका विषयमा छलफल गरियो। बैठकमा आइसोलेसन / कोरेन्टाइनका लागि उपयोक्त स्थलहरुका बारे छलफल गरियो। आधारभूत सुविधा सहितको आइसोलेसन / कोरेन्टाइनका लागि लोजिस्टिक अभाव रहेको र त्यसका लागि नगरपालिका प्रयासरत रहेको जानकारी नगर प्रमुख ज्यूले दिनुभयो। किस्ट अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले अस्पतालबाट उपलब्द हुनसक्ने लोजिस्टिक सपोर्ट दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथ-साथै, नगरका स्वस्थयकर्मीहरुले चेक-जाँचको क्रममा कोभिड १९ का सस्पेक्ट् भेटिएमा रेफरलका लागि डेडिकेटेड् एम्बुलेन्स सेवाको लागि नगरपालिकाले कामहरु अगाडी बढाइएको जानकारी नगर प्रमुख ज्यूले दिनु भयो। सोहि बैठकबाट नगर भित्र आवश्यक परेमा परिचालन गर्न सकिने उपलब्द स्रोत, साधन र जनशक्तिको म्यापिङ गर्ने, माईकिङ गरी जन-चेतना अभिवृद्धि गर्ने र बजार अनुगमन प्रभावकारी रुपमा अगाडि बढाइने, नगरका विभिन्न स्थनमा हेल्थ डेस्क सञ्चालन गर्ने र विभिन्न स्थानहरुमा सबुन पानीले हात-धुने व्यवस्था गरिने निर्णयहरु गरियो।
पुरै एल्बम् हेर्न यहाँ क्लिक गर्नुहोस ।

महालक्ष्मी नगरपालिका ललितपुर नगर विपद व्यवस्थापन समिति