महालक्ष्मी नगरपालिका वडा नं ०८ को लुभु प्राथमिक स्वास्थ्य केन्द्रमा २०७७/०३/२७ गते गरिएको कोरोना परीक्षण कार्यक्रम ।

आज मिति २०७७/०३/२७ गते महालक्ष्मी नगरपालिका ललितपुरको नेतृत्व र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) को संयोजकत्वमा यस नगरपालिका क्षेत्रमा देखिएका कोरोना संक्रमितहरुको Closed Contacts अर्थात् नजिकी समपर्कमा रहेका ७४ व्यक्तिहरुको लुभु प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना परीक्षणका लागि थोर्ट स्वाब संकलन कार्यक्रम सम्पन्न भएको छ ।
त्यसैगरी कोरोना संक्रमण समुदायस्तरमा भए नभएको जाँच गर्नका लागि लुभुमा यस नगरपालिकाको विभिन्न वडाहरुका जम्मा १३९ व्यक्तिहरुको स्वाब संकलन गरिएको छ ।
उक्त कार्यक्रममा संकलित २१३ थ्रोट स्वाब नमुनाहरु पि.सि.आर. परीक्षण पद्धति द्वारा कोरोना संक्रमण परीक्षण गर्नका लागि राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, टेकु, काठ्माडौं पठाइएको छ ।
यस कार्यक्रमले नगरवासीलाई थप सुरक्षित राख्न मद्दत गर्ने र समुदायस्तरमा संक्रमण रहे नरहेको थाहाँ पाउन र कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भावी दिनमा अपनाउनु पर्ने रणनीति तय गर्न पनि मद्दत गर्ने विश्वास नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले व्यक्त गर्नुभयो साथै यसैगरी समुदायस्तरको परीक्षणलाई निरन्तरता दिइने पनि उहाँले बताउनुभयो ।

COVID 19 test in Mahalaxmi Municipality