वडा नं ९ मा श्रम बैंकमा आबद्ध बेरोजगार श्रमिक मजदुरहरुलाई त्यस वडा अन्तरगतको ढुङ्गीन - विरुवा सडक खण्डमा विभिन्न कार्यहरुमा लगाई राहतका लागि श्रम कार्यक्रम सञ्चालन ।

महालक्ष्मी नगरपालिकाको श्रम बैंक (सार्वजनिक विकास निर्माणमा दैनिक तथा ज्यालादारी मजदुरहरुलाई श्रमसँग जोड्ने योजना) अनुरुप वडा नं ९ मा श्रम बैंकमा आबद्ध बेरोजगार श्रमिक मजदुरहरुलाई त्यस वडा अन्तरगतको ढुङ्गीन - विरुवा सडक खण्डमा तपशिल बमोजिमका कुलाे र सडक ड्रेनहरुको मर्मत तथा सरसफाई कार्यहरुमा लगाई खाद्यान्न उपलब्ध गराइएको छ।
तपशिल
१. संकटमुक्तेश्वर तल भत्किएको बाटोमा जाली भर्ने कार्य
२. झाडी व्यवस्थापन तथा पहिरोले पुरिएको ड्रेन / कुलो खोल्ने कार्य
३. भोट्टारमा ड्रेन/कुलो बनाई पानी कटाउने कार्य
४. गैरीगाउँको ढुंगेधारामा बाढीले थुपारेको ग्राभेल पन्छाई धारा सुचारु गर्ने कार्य