नगरपालिकामा कार्यरत स्वस्थ्यकर्मीहरुलाई डा. रमेश कुमार महर्जन द्वारा प्रदान गरिएको कोरोना भाईरस (COVID-19) सम्बन्धी Advanced Training

महालक्ष्मी नगरपालिकाका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यूको अध्यक्षतामा महालक्ष्मी नगरपालिकामा कार्यरत स्वस्थ्यकर्मीहरुलाई डा. रमेश कुमार महर्जन (MBBS, MD GP, DM Emergency Medicine) द्वारा कोरोना भाईरस (COVID-19) सम्बन्धी Advanced Training सम्पन्न भयो। सो कार्यक्रममा स्वास्थयकर्मीहरुले अपनाउनु पर्ने सुरक्षाका उपायहरु, COVID-19 का लक्षण र रोकथामका उपायहरु, आपत्कालिन अवस्थामा स्वास्थ्य कर्मीहरुको भुमिका र परिचालित हुने तरिका लगाएताका विषयमा डा. रमेश कुमार महर्जन ज्यूले प्रशिक्षण दिनु भयो। साथै, उहाँले उपलब्द स्रोत र साधन प्रयोग गरी कसरी PPE बनाउन सकिन्छ भन्ने जानकरी पनि दिनुभयो।
कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख ज्युले आफ्नो व्यस्तताका बाबजुत प्रशिक्षण सम्पन्न गर्नु भएकोमा डा. रमेश कुमार महर्जन प्रति कृतज्ञेता व्यक्त गर्नुभयो र स्वास्थ्यकर्मीहरुलाई सुरक्षित भई सेवा प्रधान गर्नको लागि अनुरोध गर्नुका साथसाथै सबैलाई त्रसित नभई कोरोना भाइरसको संक्रमणको लक्षण र रोकथामका उपायहरु अझै जनस्तरमा पुराउन आवहान गर्नुभयो। साथै, उहाँले अन्य देशमा झैँ नेपालमा पनि महामारी फैलिए स्वास्थ्यकर्मीहरु नै फ्रन्टलाईन आर्मीको रुपमा उभिनुपर्ने हुँदा स्वास्थ्यकर्मीहरूलाई सुरक्षित, सावधान र तयार रहन अनुरोध गर्नुभयो।
पुरै एल्बम हेर्न यहाँ क्लिक गर्नुहोस ।